स्टेजमा मनोज गजुरेलको राज

स्टेजमा मनोज गजुरेलको राज

हास्यकलाकार कतिसम्म सफल र व्यस्त हुन्छन् भन्ने एउटा मानक हुन्, मनोज गजुरेल। ‘स्ट्यान्ड अप कमेडी आर्टिस्ट' का रूपमा उनले जुन उचाइ हासिल गरेका छन्, त्यो निकै लोभलाग्दो छ। मान्छेलाई हँसाउनु यसै पनि सजिलो छैन।

त्यसमाथि सन्देशसहित हँसाउनसक्ने कलाकार त विरलै पाइन्छ। त्यसमध्येकै एक हुन् गजुरेल। घन्टौंसम्म स्टेजमा बोल्न सक्नु, प्रस्तुतिका क्रममा स्वादिलो संवाद, धीत मर्ने प्रस्तुति उनका विशेषता हुन्।

स्टेजमा उक्लेपछि केही न केही नयाँ कुरा दिने अनि हाँसो र मजाकमा सन्देश घुसाउन माहिर गजुरेल लेखनमा पनि उत्तिकै दखल राख्छन्। प्रस्तुतिका क्रममा उनले बोलेका एवं गाएका कतिपय वाक्य उक्तिजस्तै लाग्छ। तर, ती सबै उनैका सिर्जना हुन्छन्। ‘भाषा बाँचे देश बाँच्छ, देश बाँचे जाति, जाति बाँचे हामी बाँच्छौं, बाँच्छन् छोरा नाति' प्यारोडी गायकका रूपमा उनले गाएको पंक्ति हो यो।

कहिले भाषा, कहिले जाति, कहिले क्षेत्र त कहिले लिंगलाई लिएर बेलाबेलामा हुने गरेका राजनीतिक बहसले उठाएका प्रश्नविरुद्ध यिनै पंक्ति गाउँदै उनले दर्जनौं स्टेजमा धावा बोलेका छन्। हिमाल, पहाड र तराईका विषयलाई लिएर चलेको बहसमा गजुरेलको ठम्याइ छ, 'जन्म दिनको केकजस्तो हैन मेरो देश, चट्ट काट्यो बाँडी खायो पहाड मधेस'

समय र सन्दर्भ अनुसार उनी अनेकन पात्रका रूपमा स्टेजमा उत्रिएका छन्। पूर्वराजा ज्ञानेन्द्रका रूपमा स्टेजमा उनी निकै रुचाइए। भेषभूषा र शारीरिक हाउभाउमात्र होइन, उनका संवाद पनि त्यत्तिकै चोटिला छन्। ‘प्यारा देशवासीहरू, श्री पशुपतिनाथले सबैको कल्याण गर्नुपर्ने, हाम्रो किन गरेनन्, मैले बुझिनँ', पूर्वराजा ज्ञानेन्द्रका रूपमा मनोजले बोलेको संवाद हो यो।

नेपाली राजनीतिमा कहिले केन्द्र त कहिले किनारमा पुग्ने खेलाडी हुन्, प्रधानमन्त्री पुष्पकमल दाहाल। गजुरेलले उनको भावभंगीलाई पनि धेरैपटक स्टेजमा प्रस्तुत गरेका छन्। 'मने निश्चित रूपमा सपनाको खेती गर्न जति सजिलो हुन्छ, त्यसको बाली उठाउन त्योभन्दा गाह्रो हुँदो रहेछ भन्ने हाम्रो ठम्याइ छ', दाहालका रूपमा मनोजले बोलेको चर्चित संवाद हो यो। यो वाक्यमा दाहालको मनोदशा अहिले पनि सान्दर्भिक लाग्छ। दोस्रो संविधानसभापछि तत्कालीन एमाओवादी पार्टीको अवस्था र स्तरपछि पार्टी अध्यक्ष दाहालको मनोदशालाई निकै रमाइलो गरी प्रस्तुत गरे प्रचण्डम् बैराग्यम्का रूपमा। 'यदा यदा हि सिद्धान्तम्, ग्लार्नी भवतु भारतम्, अभ्युत्थानम् ढुलमुलस्यम्, दतात्नामम् प्रचण्डम्, हरिओम लठ्ठक।' यो प्रस्तुतिबाट पनि उनले वाहवाही पाए।

एकताका नेकपा एमालेलाई 'न भाले न पोथी' भन्ने आरोप थियो। त्यसताका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका रूपमा एमालेको दृष्टिकोणलाई पनि उनले स्टेजमा उतारे, 'वर्तमान् परिप्रेक्षमा नेकपा एमाले न सरकारमा बस्न चाहन्छ, न छोड्न चाहन्छ, हामी धेरै प्रस्ट छौं ।'

कलाकार गजुरेल पूर्वगृहमन्त्री वामदेव गौतमका रूपमा पनि निकै रुचाइए, जसको मुख्य कारण संवाद शैली नै हो। ‘अ“, प्रतिस्पर्धाका आधारमा शान्ति सरकारले दिन्छ, सुरक्षा जनता आफैंले गर्नुपर्छ। त्यसो भयो भनेमात्र भनेर भन्देखुन शान्तिसुरक्षा हुन्छ।' यही वाक्य हो जसमा मनोजले कति ताली पाए कति।
कुनै समय राजधानीमा वामदेव र रामदेवको खुब चर्चा हुन्थ्यो। त्यसलाई उनले क्यास गरिहाले। योगगुरु बाबा रामदेवको स्वरूपमा उनले बोले, 'बिहान रामदेवको पछि, दिउँसो वामदेवको पछि, बेलुका झ्वामदेवको पछि...। ऐसे कहां घटेगा पेट।' सहरी जीवनशैली र खानपानले मोटोपनका समस्या भोगिरहेका मात्रै होइन, ज्यानको सकस नभएकाहरूलाई पनि यो संवादको स्वाद मीठो लाग्यो।

नेपालीमात्र होइन, विश्वमा चलेका विभिन्न भाषाको दुरुस्त उच्चारण गर्नसक्ने क्षमता उनमा छ। कहिले जापानी, कहिले चिनियाँ त कहिले अरबी भाषामा उनले प्रस्तुति दिएका छन्। अरबी सेखका रूपमा उनको प्रस्तुति पनि त्यत्तिकै रुचाइयो। ‘सलाम वालेखुम्, नेबाल कन्ट्री जल्दी जल्दी डेभलोप इन्साल्हा लिडर पावरफुल मासाल्लाह', स्टेजमा मनोज भन्थे। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका रूपमा त उनी सर्वाधिक रुचाइए। उनको घतलाग्दो संवाद त छँदैछ शारीरिक हाउभाउ पनि उस्तै लाग्छ। मोदीको रूपमा गजुरेलले बोलेको संवाद यति चर्चित बन्यो कि स्टेजमा उनी देखिएपछि दर्शकले यो संवादको अपेक्षा राख्छन्। ‘मित्रों पानी, नानी और जवानी पहाडमें नही रह सकती हे। इसिलिय यह तीनों हमारे हवाले कर दिजिए।’

नम्बर वान स्ट्यान्ड अप कमेडी आर्टिस्टका रूपमा ख्याति कमाएका गजुरेल राजनीतिक नेतालाई मात्रै होइन, अभिनेतालाई पनि उत्तिकै उछितो काड्छन्। तर, उनको व्यंग्यमा स्तर हुन्छ। लय अनि सन्देश पनि हुन्छ। बलिउड अभिनेता अमिताभ बच्चनका रूपमा उनले बोलेको यो संवादले लामो समय चर्चा पाएको थियो। ‘कानुनकी नजरमें तो हम हिन्दुस्तानी हें, लेकिन हमारे रग रगमें शेरचन, गौचन और भट्टचनका खुन दौड रहा है, क्यौं कि मै हुं अमिताभ बच्चन।’ मने निश्चित रूपमा सपनाको खेती गर्न जति सजिलो हुन्छ, त्यसको बाली उठाउन त्यो भन्दा गाह्रो हुँदो रहेछ भन्ने हाम्रो ठम्याइ छ। — प्रधानमन्त्री पुष्पकमल दाहालका रूपमा


वर्तमान् परिप्रेक्षमा नेकपा एमाले न सरकारमा बस्न चाहन्छ, न छोड्न चाहन्छ, हामी धेरै प्रस्ट छौं। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका रूपमा

अाैँ, प्रतिस्पर्धाका आधारमा शान्ति सरकारले दिन्छ, सुरक्षा जनता आफैंले गर्नुपर्छ। त्यसो भयो भनेमात्र भनेर भन्देखुन शान्तिसुरक्षा हुन्छ।— पूर्वगृहमन्त्री वामदेव गौतमका रूपमा


५. ‘बिहान रामदेवको पछि, दिउँसो वामदेवको पछि, बेलुका झ्वामदेवको पछि... ऐसे कहां घटेगा पेट।’ -योगगुरु बाबा रामदेवका रूपमा

 सलाम वालेखुम्, नेबाल कन्ट्री जल्दी जल्दी डेभलोप इन्साल्हा लिडर पावरफुल मासाल्लाह। — अरबी सेखका रूपमा


मित्रों पानी, नानी और जवानी पहाडमें नही रह सकती हे इसिलिए यह तीनों हमारे हवाले कर दिजिए। 'भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका रूपमा


 कानुनकी नजरमें तो हम हिन्दुस्तानी हें, लेकिन हमारे रग रगमें शेरचन, गौचन और भट्टचनका खुन दौड रहा है, क्यौं कि मै हुं अमिताभ बच्चन।— बलिउड स्टार अमिताभ बच्चनका रूपमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.