नेपाल आइडलकाे अडिसन सकियाे : निर्णायकको अनुभूति आ-आफ्नै

नेपाल आइडलकाे  अडिसन सकियाे : निर्णायकको अनुभूति आ-आफ्नै

देशभर नेपाल आइडलको अडिसन सकिएको छ। अडिसनमा देशभरि युवाहरूको उत्साहजनक उपस्थिति रहयो। उत्कृष्ट प्रतिभा छान्ने जिम्मेवारी पाएका निर्णायक न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटाको लागि पनि यो मौका उत्साहजनक र नेपाली संगीतमा युवा पुस्ताको चाहना मापन गर्ने अवसर बन्यो। देशभरका फरक सांगीतिक स्वाद चाखेर आएका निर्णायकले विनीता मरहट्टासँग आफ्नो अनुभव सुनाएका छन्।

नेnhu-bajracharyaपाल संगीतमय रहेछ
न्ह्यु वज्राचार्य  

एकदम रोचक अनुभव भयो। विभिन्न किसिमको आइडिया, संस्कृति भएका मान्छेहरू भेट्न पाइयो। देशमा प्रतिभाको कमी रहेनछ, अवसरमात्र नपाएको रहेछ भन्ने बुझेँ। ३० वर्षको संगीतयात्रामा विदेशमा धेरै भ्रमण गरेँ। नेपाललाई चिन्ने पाएको रहेनछु। देशका कुनाकुनामा संगीतको विषयमा केही नसिकेका तर गड गिफ्ट प्रतिभा भएका मान्छेहरू देख्दा खासै खुसी र आनन्द लाग्यो।

उनीहरूले सिक्न पाएको भए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ। हुन त म निर्णायक भएर आएको हुँ, तर प्रतियोगितामा आउनेहरूले मलाई धेरै कुरा सिकाएका छन्। सिंगो नेपाल संगीतमय रहेछ। राजनीतिले छायामा पारेको भएर हामी अल्मलिएका रहेछौं।
विभिन्न समुदायका संस्कृति र चाडपर्वअनुसार बेग्लाबेग्लै गीतसंगीत सुन्दा लाग्यो हामी सांस्कृतिक एवं सांगीतिक रूपमा साँच्चिकै धनी रहेछौं। कल्पना गरेको भन्दा धेरै फरक अनुभव सँगाल्ने मौका पाएँ। निर्णायकको भूूमिकामा भएपछि सबैलाई छान्न सकिएन। नछानिएकाहरूले हारलाई स्वीकार गरेको देखेँ, त्यसैले उनीहरूलाई जीतको बाटो देखाएको छ।

सिंगो नेपाल संगीतमय रहेछ। राजनीतिले छायामा पारेर हामी अल्मलिएका रहेछौं। विभिन्न समुदायका संस्कृति र चाडपर्वअनुसार बेग्लाबेग्लै गीतसंगीत सुन्दा लाग्यो हामी सांस्कृतिक एवं सांगीतिक रूपमा साँच्चिकै धनी रहेछौं।

indira-joshi-पुरानो दिन याद आयो

इन्दिरा जोशी
जीवनमा एउटा साँच्चिकै राम्रो अनुभव सँगाल्ने मौका पाएँ। मलाई पुरानो दिन याद आयो। पहिले रियालिटी शोको लागि प्रतियोगी भएर गएको थिएँ, अहिले निर्णायक भएर पुगेको छु। मेरो हकमा पहिलेको र अहिलेको परिस्थिति फरक छ। त्यतिबेला प्रतियोगी हुँदा निर्णायक वा आयोजकसँग कुनै गुनासो थिएन, अहिले पनि छैन। गुनासो गर्ने बानी छैन।

हरेक दिन नयाँ कुरा सिकिरहेकी हुन्छु। आफू त्यही स्टेज पार गरेर आएको भएर अडिसन दिन आउनेलाई सहज वातावरण बनाउने कोसिस गरेँ। उनीहरूलाई पहिले शान्त बनाएर, आवश्यक परे पानी पिउन दिएर सहज बनाएपछि मात्र गीत गाउन लगायौँ। मेरो त्यही अनुभवले गर्दा निर्णायक बनेँ। त्यतिबेला भन्दा प्रविधि र पहुँचले समय धेरै फेरिएको छ।
पहिलो पटक नेपाल आइडल जस्तो ठूलो कार्यक्रम नेपालमा हुनु गायनमा रुचि र लक्ष्य बोकेका सबैका लागि खुसी र गौरवको कुरा हो। यसको आकर्षण देशभर राम्रो देखियो।

पहिले गायन रियालिटी शोमा प्रतियोगी थिएँ, अहिले निर्णायक भएर जाने मौका पाएँ। पहिले र अहिलेको परिस्थितिमा धेरै फरक छ। त्यतिबेला भन्दा अहिले प्रविधि र पहुँच धेरै फेरिएको छ। यसको आकर्षण देशभर राम्रो देखियो।

Kali-prasad-Baskota90 

अति राम्रो अनुभव भयो

कालीप्रसाद बाँस्कोटा

नेपालको गाउँगाउँमा यति राम्रो कलाकार रहेछन्। कलाकारमात्र नभई उनीहरूलाई परिवारले दिएको साथ, आमाबाबुले सन्तानको सांगीतिक करियरका लागि दिएको प्रेरणा देख्दा खुसी लाग्यो। संगीत सबैलाई मन पर्छ। यसमा आकर्षण छ। पछिल्लो पुस्ताले मेलवादेवी, नातिकाजीका गीत गाएको सुन्दा रमाइलो लाग्यो। युवाहरूले लोकगीतलाई उत्तिकै महत्व दिएका छन्। संगीतलाई फराकिलो रूपमा सोच्नेहरू प्रतिस्पर्धामा आएका छन्।

नेपालमा प्रतिस्पर्धा निकै बलियो हुने निश्चित छ। संगीतलाई गरिखाने बाटो बनाउन गाह्रो भए पनि यसप्रतिको मोह देशभर उत्तिकै देखियो। नेपाल आइडलले नेपाली संगीतको बजार विस्तार गर्दैछ। यसको असर संगीतप्रेमीमा परिरहेको छ।

यो कार्यक्रमबाट नयाँ प्रतिभाले एक्सपोज पाएका छन्। अडिसनमा जाँदा नेपालको सांस्कृतिक विविधता देख्न पाइयो। कुन ठाउँमा कस्तो संगीतको प्रभाव रहेछ भन्ने थाहा भयो। यो भ्रमणबाट मलाई सबैभन्दा ठूलो कुरा ‘रियलाइजेसन’ भएको छ। कति दुःख गरेर यो अवस्थामा आइपुगेको हुँ।

अडिसनका क्रममा मेरो दुःखका दिनहरू सम्झेँ। मानिसले माथि उक्लँदै गएपछि आफ्नो धरातल बिर्सन्छ। अडिसन दिन आउनेहरू देख्दा आफैंलाई साक्षात्कार गर्ने मौका पाएँ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.