चुनाव हुनेमा शंका गर्नु हुँदैन् : देउवा

चुनाव हुनेमा शंका गर्नु हुँदैन् : देउवा

विर्तामोड : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्।

नेपाली कांग्रेस झापाले शुक्रबार विर्तामोडमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ ।’

सभापति देउवाले संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुदैन् भन्दैे निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

नेकपा (एमाले)ले समाजिक सद्भाव बिगार्ने काममा लागेको आरोप लगाउँदै उनले भने, ‘मधेसी र पहाडे दुबै नेपाली नागरिक हुन्, दुबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सिमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेसी समुदायलाई शङ्का गर्नुहुँदैन ।’

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै समस्या र चुनौतीलाई समाधान गर्न कांग्रेसले मात्र सक्ने उल्लेख गर्दै कांग्रेस अभिभावक पार्टी भएकाले पनि त्यो जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व रहेको स्पष्ट पारे ।

त्यस्तै काँग्रेस नेता तथा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय निकायको चुनावको मिति घोषणा भइसकेकाले चुनाव जुनसुकै अवस्थामा भएरै छाड्ने विश्वास व्यक्त गरे । उनले जनतामा अधिकार पु¥याउन पनि तीन तहकै निर्वाचन आवश्यक रहेको प्रष्ट पारे । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.