विवेकशील नेपालीको प्रदर्शन : बम बम भोले, मार्ने भो धुलोले

विवेकशील नेपालीको प्रदर्शन : बम बम भोले, मार्ने भो धुलोले

काठमाडौं : धुलाम्मे काठमाडौ विरोध गर्दै विवेकशील नेपाली पार्टीले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। ‘बम बम भोले, मार्ने भो धुलोले’ भन्ने मूल नारासहित विवेकशील नेपाली दलले शुक्रबार काठमाडौंको चावहिल चोकमा प्रदर्शनी गरेको हो।

सरकारको अव्यवस्थित सडक निर्माणको योजनाले निम्त्याएको तीव्र धुवाँधुलोले आमजनताको स्वास्थ्य तथा आवतजावत गर्न समेत अप्ठ्यारो परी ज्यान नै धरापमा पर्ने सम्भावना रहेको भन्दै प्रदर्शन मार्फ जनचेतना फैलाउने खोजेको विवेकशील नेपाली पार्टीले आफ्नो प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

पार्टी संयोजक प्रितम सुवेदीले सरकारले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने जनताको आधारभूत अधिकार नै हनन गरेको भन्दै यस कार्यक्रमको आयोजना गरेको aबताए।

कार्यक्रममा सहभागीले ‘भन्छु बनाउथ्यौ सिंगापुर, बनाइदियौ धुलोपुर,’ ‘प्रजातन्त्र कि लुटतन्त्र’, ‘नेताको पाराले, धुलो खाए साराले, जस्ता नाराहरु पनि बोकिएका थिए। कार्यक्रममा चेतनामुलक कविता समेत वाचन गरिएको थियो।

प्रदर्शनका क्रममा विभिन्न तरिकाबाट सिधै सरकार र सम्बन्धित निकायको प्रमुखलाई सन्देश तथा फोन मार्फत झक्झक्याउनु होस् भन्दै सरोकारवाला मन्त्रीहरुको सम्पर्क ठेगाना सहितको पर्चा समेत वितरण गरिएको थियो। कार्यक्रममा गौशालामा कोणसभामा परिणत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.