मुसहर वस्तीलाई सहयोग गर्दै उद्यमीले मनाए जन्म दिन

मुसहर वस्तीलाई सहयोग गर्दै उद्यमीले मनाए  जन्म दिन

बर्दिवासः एक उद्योगीले धुर्मुस सुन्तलीले निमार्ण गरिरहेको  एकीकृत मुसहर वस्तीका वालवालिकासंगै बसेर आफ्नो जन्म दिन मनाएका छन् । 

नेपाल क्रसर व्यवसायी संघका केन्द्रीय सदस्य तथा समाजसेवी चित्रबहादुर भण्डारीले अति विपन्न मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै आफ्नो ५१ औं जन्म दिन मनाएका हुन् । 

Displaying IMG_8615.JPG

बर्दिबास ७ किसानगर स्थित बंगलामुखी क्रसर उद्योगका संचालक भण्डारी भरतपुर चितवनका हुन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको उक्त्त एकिकृत नमुना बस्तीलाई १ लाख २१ हजार ४०९ रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

'धुर्मुस सुन्तलीको नमुना मुसहर बस्ती निर्माणको काम अत्यन्तै प्रसंशनीय छ, 'भण्डारीले भने, 'जन्म दिनको अवसरमा फजुल खर्च गर्नु हुदैंन । जन्मदिनमा हुने खर्चलाई यस्तो चीजमा लगानी गरौं की त्यसले भोली कुनै प्रतिफल देओस्  त्यसैले मैले मुसहरका वालवालिकाको शिक्षालार्य अगाडी बढाउन शैक्षिक समाग्री वितरण गरेको हुँ ।’

Displaying IMG_8626.JPG

स्कुल जान नमान्ने आफ्ना बच्चा यस्ता सहयोगहरुले खुशी भई आफ्नो सरसफाई आफैँले गरेर स्कुल जान थालेका स्थानीय फुलो सदाले बताइन् ।
धुर्मुस सुन्तली फाउण्डेशन प्रबन्धक अर्जुन न्यौपानेले यस्तै काम गर्ने उत्पे्ररणा मिल्दै जाओस् भन्दै भण्डारीलाई जन्म दिनको शुभकामना दिए ।

Displaying IMG_8522.JPG


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.