रोनी म्यानचेस्टर युनाइटेडमै रहने

रोनी म्यानचेस्टर युनाइटेडमै रहने

लन्डन: इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान वेन रोनीले तत्काल क्लब नछाड्ने भएका छन् । रोनीले क्लब छाड्ने व्यापक चर्चा चलेपछि उनले कम्तीमा यो सिजन म्यान युनाइटेडमै रहने घोषणा गरेका हुन् ।

पछिल्लो समय रोनी चीनको सुपर लिग क्लबमा आबद्ध हुने चर्चा चलेको थियो । उनले क्लब छाड्ने चर्चा व्यापक बनेपछि म्यान युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले पनि केही दिनअघि रोनीको विषयमा आफूले केही बताउन नसक्ने स्पष्टीकरण दिनु परेको थियो । रोनीले यो सिजन आफ्नो एकमात्र लक्ष्य म्यान युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गर्नु रहेको बताएका छन् ।

‘क्लबका लागि यो महत्वपूर्ण समय हो, त्यसैले यति बेला मेरो एकमात्र उद्देश्य म्यानचेस्टर युनाइटेडलाई एकपछि अर्को सफलता दिलाउनु नै हो’, उनले भनेका छन् । इङ्लिस प्रिमियर लिगमा यो सिजन गतिलो प्रदर्शन गर्न नसकिरहेको म्यान युनाइटेड तालिकाको छैटौं स्थानमा छ । २५ खेल खेलेको म्यान युनाइटेडले ४८ अंकमात्र जोड्न सकेको छ । तालिकाको पहिलो स्थानमा आसीन चेल्सीको समान खेलबाट ६० र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ५२ अंक छ ।

म्यान युनाइटेडसँग रोनीको सम्झौता अझै १८ महिना बाँकी छ । ३१ वर्षीय सन् २००४ देखि नियमित रूपमा म्यान युनाइटेडमा आबद्ध छन् । ‘अन्य केही क्लबले पनि मलाई भित्राउने इच्छा व्यक्त गरेका छन्, त्यसका लागि म उनीहरूलाई धन्यवाद दिन चाहन्छु तर, कम्तीमा यो सिजन म म्यानचेस्टर युनाइटेडमै रहनेछु’, रोनीले भनेका छन् ।

यो सिजन म्यान युनाइटेडले आगामी आइतबार साउथ ह्याम्पटनसँग इङ्लिस लिग कपको फाइनल खेल्ने कार्यक्रम छ । यसैगरी म्यान युनाइटेड युरोपा लिगको प्रिक्वार्टरफाइनलमा पनि पुगेको छ । म्यान युनाइटेड एफए कपको पनि क्वार्टरफाइनलमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.