चितवनमा मोेटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई घाइते

चितवनमा मोेटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, दुई घाइते

 

चितवन: चितवनको भरतपुरस्थित बाइपास रोडमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।

गएराति भरतपुरको आँपटारीबाट बाइपास रोड हुँदै केन्द्रीय बसपार्कतर्फ जाँदै गरेको ना २५ प ३८३९ नम्बरको मोटरसाइकलले भरतपुर–११ को बौद्धगुम्बा अगाडि पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो।

राति करिब ९ः३० बजेको समयमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर–११ बसेनीका ५४ वर्षीय वीरबहादुर विकको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर–१० का २० वर्षीय नरेन्द्र थापा र पछाडि बस्ने धादिङका १९ वर्षीय विक्रम तामाङ घाइते भएका छन्।

उनीहरुको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ। थापाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.