राँगाको आक्रमणबाट एक महिलाको मृत्यु, एक घाइते

राँगाको आक्रमणबाट एक महिलाको मृत्यु, एक घाइते

लहानः राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ ।

छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा राँगाले आक्रमण गर्दा स्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन् ।
बजारबाट घर फर्कने क्रममा राँगोको आक्रमणबाट घाइते भएकी चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.