लमजुङ सांस्कृतिक समारोह काठमाडौंमा
काठमाडौं: राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा राजधानीमा 'लमजुङ सांस्कृतिक समारोह' आयोजना हुने भएको छ।
कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत दोस्रो साता हुने कार्यक्रममा लमजुङमा कला एवं संस्कृति खासगरी ठाडोभाका, लोकदोहोरी, घाँटु, बालन, सोरठी, कौडा, चुड्का, भजन, पञ्चैबाजा, सारंगी, खैंजडीका साथै नृत्यहरूसमेत प्रस्तुत गरिने भएको छ।
लमजुङ सांस्कृतिक समारोह समितिको आयोजना एवं मल्टिमिडिया इन्टरनेसनल प्रालिको व्यवस्थापनमा असहाय, वृद्धवृद्धा, बालबालिका तथा अपांगहरूको सहयोगार्थ कार्यक्रम आयोजना गरिन लागेको हो।