भानुभक्तकृत रामायण पुस्तक प्रकाशित

भानुभक्तकृत रामायण पुस्तक प्रकाशित

काठमाडौं: भानुभक्तकृत भाषा रामायण र अन्य सम्पूर्ण कृति संलग्न भएको पुस्तक प्रकाशित भएको छ। संस्कृत तथा नेपाली भाषाका विद्वान् शिवराज आचार्य कौण्डिन्न्यायनद्वारा  झन्डै ५० वर्षअघि यस रामायणको आदिकवि भानुभक्तले लेखेको पाठको खोजी र सम्पादनको कार्य आरम्भ गरिएको थियो।

आचार्यले रामायणका विषयमा अहिलेसम्म भएका सबै कामको समीक्षा गर्दै पाठ समीक्षात्मक संस्करण ६ वर्षअघि तयार गरेका थिए। हाल त्यसको सरलीकृत लोकानुकूल संस्करण तयार गरेका हुन्। पुस्तकमा भानुभक्त आचार्यको (वि.सं.१८७१-१९२५) संक्षिप्त जीवनीसहित भक्तमाला, प्रश्नोत्तरमाला, वधूशिक्षा र फुटकर कविता पनि समेटिएका छन्।

यसमा भानुभक्तले प्रयोग गरेका कठिन शब्दको अर्थ र सबै श्लोकका पाउहरूको अकारादी सूची पनि समावेश गरिएको छ। यसबाट रामायणको भानुभक्त लिखित मूल पाठलाई जनसमक्ष ल्याउने काम भएको छ, जुन नेपाली भाषाको इतिहासमा महत्वपूर्ण छ।

भूमिकामा भानुभक्तकृत भाषा रामायणको धार्मिक, दार्शनिक, सांस्कृतिक, भाषिक, साहित्यिक महत्वको प्रतिपादन गर्नुका साथै नेपाली राष्ट्रियताको रक्षाका लागि रामायणको सार्थक प्रचारको आवश्यकता पनि देखाइएको छ। पुस्तक सांग्रिला पुस्तक प्रालले पाठकमाझ ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.