अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार

अष्ट्रेलिया  विरुद्धको पहिलो टेस्टमा भारतको लज्जास्पद हार

एजेन्सीः भारत र अष्ट्रेलिया बीचको पहिलो टेस्ट क्रिकेटमा भारत पराकिलो अन्तरले पराजित भएको छ । पुणेको महाराष्ट्र रङ्गशालामा भएको  टेस्टमा भारतले तेस्रो दिन नै चिर प्रतिद्वन्दी अष्ट्रेलियासँग ३३३ रनको हार व्यहोरेको छ ।

शुक्रबार पहिलो पारीमा १०५ रनमा समेटिएको भारतीय टोलीले दोस्रो पारीमा पनि १०७ रन मै सबै विकेट गुमायो । पहिलो पारीमा २६० रन बनाएको अष्ट्रेलियाले दोस्रो पारीमा २८५ रन बनायो । १४३ रन र चार विकेटको अवस्थाबाट तेस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलिया २८५ रनमा समेटियो हो । जितका लागि ४४१ रनको लक्ष पछ्याउँदै दोस्रो पारी शुरु गरेको भारतीय टोली पुःन अस्ट्रेलियाका बलरको शिकार भए । 

 अष्ट्रेलियायाको जीतका लागि  अष्ट्रेलियाली बलर 'ओ किफ' नायक सावित भए । पहिलो पारीमा ६ विकेट चड्काएका ‘ओ किफ’ ले दोस्रो पारीमा पनि ६ विकेट नै लिन सफल भए । दोस्रो पारीमा भारतीय टोलीका लागि चेतेश्वर पुजाराले सर्वाधिक ३१ रन बनाए भने अजिन्का रहानेले १८ रन बनाए कप्तान विराट कोहली १३ रन बनाएर पेभेलियन फर्किए । पछिल्ला १९ टेस्ट म्याच पछि भारतको यो पहिलो हार हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.