स्ववियु चुनावको विषयमा विवाद हुँदा आरआर क्याम्पसमा झडप

स्ववियु चुनावको विषयमा विवाद हुँदा आरआर क्याम्पसमा झडप

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा विद्यार्थी संगठनबीच विवाद हुँदा रत्नराज्य (आरआर) क्याम्पसमा झडप भएको छ।

एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ता र नेताबीच विवाद हुँदा झडप भएको हो। क्याम्पस प्रमुखसँग भएको सम्झौता विपरित अनेरास्ववियुले उम्मेदवारी दर्ता गराएको भन्दै नेविसंघले असन्तुष्टि जनाएपछि अनेरास्ववियुका नेताले नेविसंघका कार्यकर्तामाथि हातपात गरेका हुन् ।

कसरी झडप भयो भन्ने अन्नपूर्णको प्रश्नमा नेविसंघका एक नेताले भने, ‘अनेरास्ववियुका नेता नेत्र मैनालीले अन्य क्याम्पसबाट बाइकमा युवा बोलाएर हाम्रा भाइहरुमाथि निर्घात कुटपिट गर्न निर्देशन दिएका हुन् । गुण्डा शैलीमा हाम्रा भाइहरुमाथि कुटपिट भएको छ ।’

अनेरास्ववियुको कुटपिटबाट नेविसंघका महेश गौतम, सुनिल शर्मा, ऋषिकेश पोखरेल, सुरेश सुवेदीलगायत घाइते भएका छन् । पुतलिसडकस्थित क्यापिटल अस्पतालमा उपचारपछि तीनजना घर फर्किएका छन् भने सुरेशलाई थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल बबरमहलमा लगिएको छ।  

शनिबार बिहान अनेरास्ववियुले निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गरेपछि नेविसंघ र विप्लव निकट क्रान्तिकारी माओवादीका नेताले आरआर क्याम्पसको निर्वाचन आयोगमा ताला लगाएका थिए । नेविसंघले ब्याचलर तेस्रो वर्षको परीक्षा दिएर बसेका विद्यार्थीले समेत चुनावमा मतदान गर्न पाउनुपर्ने मागअघि सारेपछि अनेरास्ववियु र नेविसंघबीच विवाद चुलिएको हो।

यता अनेरास्ववियुले भने आफ्नो संगठनले उम्मेदवारी दर्ता गरेकोप्रति विरोध जनाउदै नेविसंघका नेता र कार्यकर्ता आरआर क्याम्पसमा पुगेपछि झडप भएको दाबी गरेको छ ।

दुई पक्षबीच ढुंगामुढा हुँदा क्याम्पस तोडफोड भएको आरआर स्ववियु सभापति राजकुमार राईले अन्नपूर्णलाई जानकारी दिए । नेविसंघले भने राईले नै नेविसंघका कार्यकर्तामाथि हातपात गरेपछि झडपको स्थिति सिर्जना भएको बताएका छन् । अपडेट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.