नेपाल अटोमोबाइलद्वारा बिदाइ
काठमाडौंः नेपाल अटोमोबाइल एसोसिएसनको पूर्वाञ्चल शाखाले हिमालयन ड्राइभ पाँचौ अन्तर्राष्ट्रिय कार र्यालीमा सहभागी हुन जाने टोलीलाई बिदाइ गरेको छ ।
आयोजकले विराटनगरमा औपचारिक कार्यक्रम गरेर अन्तर्राष्ट्रिय कार र्यालीमा सहभागी हुन जाने १५ जनाको नेपाली टोलीलाई उपाध्यक्ष भविशकुमार श्रेष्ठ र सदस्य सन्तोष कुमार थापाको टोलीले बिदाइ गरेको हो । टोली कार्यक्रममा सहभागी हुन सिलगुडीतर्फ प्रस्थान गरेको हो ।
टोलीमा दुई सय ५० जनाको सहभागिता थियो । र्यालीमा नेपालबाट पाँच, आयोजकका २० र अन्य भारतीय तथा भुटानी सहभागी हुनेछन् ।र्याली फागुन १४ गतेबाट सुरु भएर चैत १९ गते सकिने आयोजकले जनाएको छ ।