पेट्राेल पम्पमा भेटिएको बम सेनाले निष्क्रिय पार्यो
गौर: पेट्राेल पम्पमा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। अाइतबार बिहान सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कर्न्सनमा फेला परेको सुतली बम नेपाली सेनाले निष्क्रिय पारेको हाे।
अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले जानकारी दिए। सुतली बम बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
बम किन र कसले राखेको भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।