थप उपचारका लागि वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

थप उपचारका लागि वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनलाई थप उपचारका लागि केहीबेरमा थाइल्याण्ड लगिने भएको छ।

पूर्वअर्थमन्त्री समेत रहेका पुनलाई गत मंगलबार उच्च ज्वरो आएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । नेता पुनलाई थप उपचारका लागि केही बेरमा थाई एयरबाट थाइल्याण्डको बैंकक लाने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ।

एक हप्तादेखि अस्पतालमा उपचार गराइरहेका भए पनि पुनलाई ज्वरो कम नभएको, वान्ता हुने र टाउको दुख्ने समस्या देखिएकाले थप उपचारका लागि थाइल्याण्ड लाने तयारी भएको हो ।

गतवर्ष माघमा समेत दुई महिनासम्म पुनले थाइल्याण्डमा उपचार गराएका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि भारतको राजधानी नयाँ दिल्लीमा उपचार हुन नसक्दा उनलाई थाइल्याण्ड लगिएको थियो ।

उनको परिवारले फलोअप चेकअपका लागि एक महिना अघि नै थाइल्याण्ड जानु पर्ने भए पनि राजनीतिक व्यस्तताका कारण जान नसकेकाले अहिले जान लागेको बताएको छ।

सभामुख ओनसरी घर्ती मगरका श्रीमान रहेका पुनको साथमा सभामुखसमेत थाइल्याण्ड जादैछिन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.