के भएको हो वर्षमान पुनलाई ?

के भएको हो वर्षमान पुनलाई ?

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन ‘अनन्त’लाई फलोअपका लागि थाइल्याण्ड लगिएको छ।

राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा नौ दिनलामो उपचारका क्रममा पनि उच्च ज्वरो, वान्ता र टाउको दुख्ने समस्या पूर्णरुपमा निको नभएपछि थप उपचारका लागि आइतबार दिउँसो थाइल्याण्ड लगिएको हो ।

गतवर्ष माघमा समेत पूर्वअर्थमन्त्री समेत रहेका पुन उपचारका क्रममा दुई महिना थाइल्याण्ड बसेका थिए। नियमित चेकजाँचका लागि एक महिनाअघि नै थाइल्याण्ड जानुपर्ने भए पनि राजनीतिक व्यस्तताका कारण जान नसक्दा आइतबार थाइल्याण्ड लगिएको उनकी बहिनी सुशीला पुनले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन् ।

पुनको साथमा उनकी धर्मपत्नी अर्थात् व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगर समेत थाइल्याण्ड गएकी छिन् । गतवर्ष पुनको कलेजोमा समस्या देखिएपछि थाइल्याण्डमा दुई महिना उपचार गराउनु परेको थियो ।

अहिले ग्राण्डी अस्पतालले भने पुनलाई ‘टाइफाई’ भएको अनुमान गर्दै औषधि दिएको थियो । नेता पुनको स्वास्थ्यमा सामान्य सुधार आए पनि पूर्ण सुधार हुन नसक्दा बैंकक पठाउनुपरेको बहिनी सुशीलाको भनाइ छ ।

‘ज्वरो आएपछि हामीले अस्पताल भर्ना गरेका हौँ, डाक्टरले टाइफाई हो कि भनेर औषधि दिएका थिए’, बहिनी सुशीलाले भनिन्, ‘उक्त औषधिले समेत पूर्णरुपमा ठिक नभएपछि पुरानै समस्या हो कि भन्ने अनुमान गरेका छौँ ।’

वर्षमानलाई खानामा रुचि नभएकाले धेरै कमजोर भएका छन् । जे खाए पनि वान्ता हुने भएकाले चिकित्सकले उनको समस्या जटिल भएको भन्दै आराम र खानपानमा विशेष जोड दिदैँ आएका छन् । ‘दाइको समस्या भनेकै खानामा रुचि नहुनु हो’, बहिनी सुशीलाले भनिन्, ‘खाना खानै नसक्ने तर आराम कहिल्यै नगर्ने बानीले उहाँलाई कमजोर बनाएको छ।’

पार्टीका काममा सक्रिय हुँदा खानपानमा वास्ता नगर्ने बानीले समेत पुनको स्वास्थ्य समस्या पुनः बल्झिएको बहिनी सुशीलाको बुझाइ छ । ‘दैनिक राति बाह्र–एक बजे सुत्ने, बिहान पाँच बजे नै उठ्ने, काम भनेपछि ज्यान नै फाल्ने र खानपानमा वास्ता नगर्ने बानीले कमजोर बन्नुभएको हो,’ बहिनी सुशीलाले भनिन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म एम्बुलेन्समा लगिएका पुन थाई एयरको विमानबाट सभामुखको साथमा बैंकक गएका हुन् । पुन आइतबार साँझ ६ बजे बैंकक पुगेपछि उनको उपचार सुरु हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.