संविधान संशोधनमा समर्थन नगर्ने राप्रपाको निर्णय

संविधान संशोधनमा समर्थन नगर्ने राप्रपाको निर्णय

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेकै अवस्थामा संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको कुनै हालतमा समर्थन नगर्ने निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको कार्यालयले आइतबार विज्ञप्ती सार्वजनिक गर्दै यस्तो बताएको हो।

मधेश केन्द्रीत दलहरुको माग सम्बोधन गर्ने भन्द संसदमा प्रस्तुत संविधान संशोधन विधेयकले कोही पनि सन्तुष्ट हुन नसकेको भन्दै त्यसलाई यथास्थितिमा राखी संसदमा रहेका सबै दलहका बीचमा नयाँ समझदारी कायम गर्नु पर्ने राप्रपाको माग छ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आन्दोलनरत मधेस केन्द्रीत दललगायत सबै पक्षलाई विश्वासमा लिएर चुनावमा सबैको सहभागिता सुनिश्चित गरिनु पर्ने माग समेत राप्रपाको छ।

यथास्थितिमा विधेयकअघि बढाउँदा सो विधेयक कुनै हालतमा पारित हुन नसक्ने र त्यसले राम्रो परिणाम नदिने राप्रपाको ठहर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.