गोमा एयरको दुई नयाँ जहाज
काठमाडौं: निजी हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले दुइ नयाँ जहाज आइतबार त्रिभुवन विमानस्थलमा अवतरण गराएको छ।
गोमा एयरले एल ४१० सिरिजका दुई वटा नयाँ जहाज ल्याएको हो। नयाँ जहाजसँगै गोमा एयरको जहाज संख्या ६ पुगेको छ।
दुर्गम विमानस्थलहरुका र पर्यटन व्यवसायीको मागलाई मध्यनजर गर्दै कम्पनिले थप दुई एलइटी ४१० विमान रुसी कम्पनी सँग खरिद गरी आइतबार नेपाल भित्र्याएको हो।
यी दुवै जहाज नेपाली चालक दल र इन्जिनियरिङ दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुदै नेपाल ल्याएका हुन।
छोटो धावन मार्ग प्रयोग गर्ने यि ६ वटै विमानले काठमाण्डौ, पोखरा, र नेपालगन्ज बाट नेपाली दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा गर्ने योजना कम्पनीले वनाएको छ ।