ओबीआई वल्र्डफोनको मूल्य घट्यो
काठमाडौः ओबीआई वल्र्डफोनको बजार मूल्यमा कटौती भएको छ । ओबीआईको नेपालका लागि आधिकारिक वितरक स्टार्क टेकले नेपालमा उपलब्ध ओबीआई स्मार्टफोनको मूल्य कटौती गरेको हो । कम्पनीले ओबीआईको एसएफ १, एसजे १.५ र एमभी १ स्मार्टफोनको मूल्य घटाएको हो । मोबाइलको खरिद गर्दा स्क्रिन गार्ड र हेडसेट निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
तीन वटा स्मार्टफोनमध्ये एमभी १ को बजार मूल्य १५ हजार सात सय ९९ तोकिएको छ । कोर्निङ गोरिल्ला ग्लास थ्री प्रयोग भएको यस स्मार्टफोनमा दुई जीबी र्याम र १६ जीबी रोम छ । एन्ड्रोइड ललिपप ५.१ भर्सनका साथ क्यानोजेन अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा १.३ गिगाहर्जको क्वाडकोर क्वालकम स्न्यापड्रयागन प्रोसेसर छ । आठ मेगापिक्सेलको रियर क्यामरा र सेल्फीका लागि दुई मेगापिक्सेलको फ्रन्ट फेसिङ क्यामरा छ । यसमा २५ सय एमएएचको ब्याट्री राखिएको छ ।
त्यस्तै फोर जी सपोर्ट गर्ने एसएफ १ मा पाँच इन्चको फुल एचडी फ्लटिङ डिस्प्ले, १.५ गिगाहर्जको अक्टाकोर प्रोसेसर, कोरिल्ला ग्लास, १३ मेगापिक्सल मुख्य र पाँच मेगापिसेलको फ्रन्ट क्यामरा छ । यसको बजार मूल्य १९ हजारभन्दा माथि छ । त्यस्तै बजार मूल्य १२ हजार नौ सय ९९ रुपैयाँ रहेको एसजे १.५ मा पाँच इन्चको फुल एचडी डिस्प्ले, १.३ गिगाहर्जको अक्टाकोर प्रोसेसर, कोरिल्ला ग्लास, आठ मेगापिक्सेलको मुख्य र पाँच मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।