केस मेसिनमा दुई वर्षको वारेन्टी
![केस मेसिनमा दुई वर्षको वारेन्टी](https://annapurnapost.prixacdn.net/media/albums/CASE_Construction_logo-58b38f75b5aee5.23311167_6FuYC3mcJU.png)
काठमाडौः केस कन्स्ट्रक्सनको नेपालका लागि आधिकारिक बिक्रेता फोर्स कन्स्ट्रक्सन एन्ड एसोसिएट्स प्रालिले केस मेसिनको खरिदमा दुई वर्षको वारेन्टी प्रदान गर्नेछ । एक वर्षको वारेन्टी प्रदान गर्दै आएको कम्पनीले नयाँ अफर ल्याएको हो ।
कम्पनीले नेपालमा विगत १० वर्षदेखि केस ब्याक लोडर, केस कम्प्याक्टर रोलरलगायतका उपकरण बिक्री गर्दै आएको छ । कम्पनीले निर्माण उपकरण बेच्नुमात्र आफ्नो दायित्व नभएर पार्ट्स, सर्भिस तथा वारेन्टीमा प्रथामिकता दिन उक्त योजना ल्याएको कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले निर्माण उपकरणमा लाग्ने पार्ट्सको मूल्यमासमेत समायोजन गरी थप किफायती बनाएको छ । यसका लागि फोर्स कन्स्ट्रक्सन एन्ड एसोसिएट्स प्रालिले बिक्रीपछिको सेवा थप गुणस्तरीय र मजबुत बनाउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)