गोमाका दुई नयाँ जहाज
![गोमाका दुई नयाँ जहाज](https://annapurnapost.prixacdn.net/media/albums/Goma-Air-photo-58b3912f403673.90894634_TWpR8F7pMh.jpg)
काठमाडौः निजी हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दुई वटा नयाँ जहाज अवतरण गराएको छ । गोमा एयरले एल ४१० सिरिजका दुई वटा नयाँ जहाज ल्याएको हो । नयाँ जहाजसँगै गोमा एयरको जहाज संख्या ६ पुगेको छ ।
दुर्गम स्थानमा रहेका पर्यटन व्यवसायीको मागलाई मध्यनजर गर्दै कम्पनीले थप दुई एलईटी ४१० विमान रुसी कम्पनीसँग खरिद गरेको हो । यी दुवै जहाज नेपाली चालक दल र इन्जिनियरिङ दलले रुसबाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुँदै नेपाल ल्याएका हुन् ।
छोटो धावनमार्ग प्रयोग गर्ने यी ६ वटै विमानले काठमाडौं, पोखरा र नेपालगन्जबाट दुर्गम क्षेत्रको उडान भर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)