अवैध रुपमा माटो उत्खनन गर्ने ट्याक्टर र जेसिवी नियन्त्रणमा

अवैध रुपमा माटो उत्खनन गर्ने ट्याक्टर र जेसिवी नियन्त्रणमा

रत्ननगरः अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानअन्तर्गत पश्चिम चितवनमा उत्खनन गर्दै गरेका बेला प्रहरीले आठ वटा ट्याक्टर र तीन वटा जेसिवी नियन्त्रणमा लिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

भरतपुर-१८ को सिद्धी गणेश सामुदायिक वन क्षेत्रअन्तर्गत नारायणी नदी किनारमा गिटी-बालुवा उत्खनन गर्ने क्रममा आइतबार वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराईको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त स्थानबाट वरपिपल कन्ट्रक्सनको तीन वटा जेसिवी र आठ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

यसरी नियन्त्रणमा लिइएकोमा बा २ क ८८६, ना १क २६०१ र नम्बर नखुलेको जेसिवी छ । यस्तै ना ३ त ४२५५, ना ३ त ७३९५, ना ६ त १३२८, ना ५ त ३६४, लु २ त ५७६९, ना ४ त ७४४२, ना ३ त ६५६८, ना १ त ९५३० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि जिल्ला विकास समिति चितवनमा पठाइएको प्रहरीले जनाएको छ ।

दुई सय लिटर घरेलु मदिरा बरामद

चितवन प्रहरीले घरेलु मदिरा बिक्री वितरण तथा ओसारपसार नियन्त्रण विशेष अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय खैरहनी र इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले विभिन्न क्षेत्रबाट २०० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

आइतबार खैरहनी नगरपालिका-८ बाट २०० लिटर अवैध घरेलु मदिरा र १०१ वटा मदिरा राख्ने प्लास्टिकका भाँडा, १४ वटा मदिरा बनाउने भाडा नियन्त्रणमा लिएको जनाइएको छ । आवश्यक कारबाहीका लागि बरामद सामग्री आज आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाइने प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.