बालिका करणी आरोपमा शिक्षक पक्राउ
बर्दिया: बर्दियाको राजापुर नगरपालिकामा बालिका करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।
स्थनीय एक विद्यालयमा ६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राजापुर नगरपालिका वडानम्बर-११ निवासी ५४ बर्षीय दिवाकर उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो।
उपाध्यायले बालिकालाई ललाई फकाई राजापुरस्थित अमर सहिद दशरथचन्द्र उमाविको प्रांगणमा करणी गरेको आरोप छ।
उनी उपर जबरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए।