उपराष्ट्रपति पुन नर्भिक अस्पताल भर्ना : स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

उपराष्ट्रपति पुन नर्भिक अस्पताल भर्ना : स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा

काठमाडौं : आइतबार राति स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्।

चार दिनदेखि रिंगाटा लाग्ने, वान्ता आउने, ज्वरो आउने समस्या भएपछि आइतबार राति ९:३० बजे पराष्ट्रपति पुनलाई अस्पताल भर्ना गरिएको हो।

उपराष्ट्रपतिको शरीरमा सोडियम र पानीको मात्र कम हुँदा स्वास्थ्यमा समस्या देखिएको चिकित्सकलाई उद्धृत गर्दै उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए। पुनको उपचारमा डा मधु घिमिरे र डा. शिवजी विक्रम सिलवाल संलग्न छन्।

उपराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान नर्भिक अस्पताल पुगेर जानकारी लिएका हुन्। उनले पुनलाई भेटेर स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

सँगै पुनको स्वास्थ्य अवस्था बुझ्न सोमबार बिहानै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा समेत पुगेका थिए। उपराष्ट्रपतिका प्रेस संयोजक घर्तीमगरका अनुसार अस्पताल भर्ना भएपछि उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.