अफगानिस्तानलाई युद्धभूमि बनाउनेलाई राष्ट्रपति घानीको अग्रिम समवेदना

अफगानिस्तानलाई युद्धभूमि बनाउनेलाई  राष्ट्रपति घानीको अग्रिम समवेदना

काबुलः अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले आफनो देश एक स्वतन्त्र राष्ट्र भएको र अरु कुनै राष्ट्रको विरुद्ध प्रयोग नहुने बताएका छन् । काबुल सैनिक विमानस्थलमा राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा बलद्वारा साेमबार आयोजित राष्ट्रिय दिवस समारोहलाई सम्बोधन गर्दै घानीले भने, 'हाम्रो देश एक स्वतन्त्र राष्ट्र थियो, छ र सदाका लागि स्वतन्त्र नै रहने छ तथा विश्वका अन्य कुनै देशको लागि खतराको रुपमा कदापि रहँदैन', भनेका छन् । 

सधैँभरी मार काट, हिंसा, हत्या, युद्ध, विस्फोट, विद्रोहै विद्रोहले आक्रान्त मुलुकमा नयाँ उत्साह र अठोटका साथ राष्ट्रपति घानीले भने, 'विदेशी हस्तक्षेप र चलखेलले नै यो राष्ट्रमा सशस्त्र विद्रोह र अशान्ति निम्त्याएको हो । जसले अफगानिस्तानलाई युद्धभूमिमा परिणत गर्ने सपना देख्छन्, अब तिनीहरुले आ–आफ्नो चिहान पुग्ने सपना देखे हुन्छ, यस्तालाई हाम्रो अग्रिम समवेदना छ,' मुलुकको उत्तरी कुन्दुज प्रान्तको मौलावी सलामलाई तालिवान विद्रोहीहरुले लामो समयसम्म कब्जामा लिई छायाँ सरकार समेत चलाइ आएका थिए ।

हालै मात्र त्यो ठाउँमा अफगान राष्ट्रिय सेनाले तालिवान विद्रोहीलाई परास्त गरी सरकारको बलियो उपस्थिति देखाउन सफल भएको छ । सेनाको आक्रमणपछि त्यहाँ विद्रोहीले टाउँको उठाउने हिम्मत गर्न सकेका छैनन् ।

यसलाई राष्ट्रिय सेनाको एक ठोस् उपलब्धिको रुपमा प्रस्तुत गर्दै आफ्नो ज्यान हत्केलामा लिई सशस्त्र विद्रोही विरुद्ध एकनाशले लडेर देशलाई बचाइ राखेकोमा उनले अफगानी सेनाको उत्साह र बहादुरीको मुक्तकण्ठले प्रशंसा गरे।

'अब हामी अफगानिस्तानलाई स्थिर, शान्तिपूर्ण र समुन्नत राष्ट्रको रुपमा पुनःनिर्माण गर्नेछौं', राष्ट्रपति घानीले सङ्कल्प गर्दै भने । रासस/सिन्हवा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.