माझी समुदायले लदी पूजा मनाउँदै

माझी समुदायले लदी पूजा मनाउँदै

काठमाडौं : माझी समूदायको महान् पर्व लदी (जल) पूजा मंगलबार भव्य रुपमा मनाइदै छ। राजधानीको शंखपार्कमा विशेष कार्यक्रम गरेर लदी पूजा मनाउन लागिएको हो । माझी समुदायले लोपोन्मुख रहेकोे यसलाई जोगाउन राष्ट्रिय पर्वमा सूचिकृत गर्न माग गरेका छन्। नेपाल माझी उत्थान संघले यो पर्व जोगाउन सरकारले सहयोग गर्नुपर्ने माग अघि सारेको हो।

संघका अध्यक्ष गोविन्दलाल माझीले माझी समुदायले मनाउने यो पर्व धार्मिक मान्यता र विश्वाससगँ मात्रै नभएर संस्कृति जोगाउन पनि यसलाई राष्ट्रिय पर्वमा सूचिकरणको माग गरेको बताए । माझी समुदायले हरेक वर्ष फागुनको तेस्रो साता यो पर्व मनाउने गरेका छन्। समुदायले फागुन महिनाको तेस्रो साताको (साइली) मंगलबारलाई आधार मानेर तीन दिनसम्म यो पर्व मनाउने गरेका छन् ।

नेपालका विभिन्न ५८ जिल्लामा छरिएर बसेको ८३ हजार माझीले पानीको पूजा गर्दै यो पर्व मनाउछन् । माझी समुदाय वर्षेभर पानीसँगै खेलिरहेका हुन्छन् । पानीको पूजा गरेर वर्षभरी कुनै विपत्ति नलाग्ने धार्मिक विश्वासको दृष्टिले यो पर्व मनाइने गरेको माझी उत्थान संघक सचिव गोपाल माझीले जानकारी दिए।

सम्बन्धित क्षेत्रका नदी किनारमा गएर पूजा गर्ने प्रचलन रहेको यो पर्वको जगेर्ना गर्न सरकारले अन्य जानजातिसरहको मान्यता दिन माग गरेको संघका मिडिया संयोजक रामशरण माझीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.