शेख कमल फुटबलमा किरण चेम्जोङले गोल रोेक्दा मनाङ मर्स्याङ्दी पराजित

शेख कमल फुटबलमा किरण चेम्जोङले गोल रोेक्दा मनाङ मर्स्याङ्दी पराजित

nepali supporter_1काठमाडौंः बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा खेलमा मनाङ मस्र्याङ्दी क्लव पराजित भएको छ । नेपालको मनाङ मर्स्याङ्दी  र माल्दिभ्सको टिसी स्पोर्टस् बीच सोमबार साँझ भएको खेलमा टिसीले मानाङलार्इ १–० ले पराजित गरेकाे हाे ।

टिसी स्पोर्टसबाटका तर्फबाट नफुल अलीले खेलको ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । टिसी स्पोर्टसबाट नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले गोल पोष्ट सम्मालेका थिए । मनाङका खेलाडीले पटक–पटक गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे । नेपाली राष्ट्रिय टोलीका मुख्य गोलकिपर किरण 'म्यान अफ दी म्याच' भए 

अर्को सेमिफाइनल खेल आयोजक चितोगोङ अवहानी र कोरियाली क्लबबीच मंगलबार हुँदैछ ।  चिटगन स्थित रङ्गशालामा भएको खेलमा नेपाली दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो ।  

(लाइभ)  

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.