नेपाल इन्भेस्टमेन्ट बैंकको तीन दशक
काठमाडौः नेपाल इन्भेस्टमेन्ट बैंकले तीन दशक पार गरेको छ । भर्खरै फाइनान्सियल टाइम्स लन्डनबाट पाँचौं पटक ‘बैंक अफ द इयर’ को अन्तर्राष्ट्रिय पुरस्कार पाएको बैंकले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको मितिभन्दा अगावै आठ अर्बको चुक्ता पुँजी पुर्याउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकले आफ्ना ४७ वटा शाखा, दुई वटा एक्स्टेन्सन काउन्टर, ८४ वटा एटीएम र ४२ वटा शाखारहित सञ्जालबाट सात लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याइरहेको छ । गत आर्थिक वर्ष २०७२/७३ मा बैंकले चार अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको बैंकको खुद नाफा दुई अर्ब ५५ करोड रुपैयाँ थियो ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ५८ करोड खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमासिकसम्ममा चुक्ता पुँजी आठ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ भने सेयरधनी कोष १८ अर्ब रुपैयाँभन्दा बढी भई निजी बैंकमध्ये सर्वाधिक पुँजी भएको बैंक बनेको छ ।