सूर्यदल गणद्वारा राहत वितरण
काठमाडौः सूर्यदल गणले अग्नी पीडितलाई राहत वितरण गरेको छ । गणले फागुन ११ गते करेन्ट सट भई थलाहा ड मन्त्रिटोलका ठेमन राजवंशीको घरमा आगलागी भएको थियो । उक्त अग्नीपीडितलाई गणबाट सञ्चालित अग्नीपीडित राहत वितरण कार्यक्रममा राहत स्वरुप खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्री तथा औषधि वितरणका साथै आगलागी भएको स्थान वरपर इलाकाको सरसफाइसमेत गरेको छ ।
कार्यक्रम सूर्यदल गणका गणपति प्रमुख सेनानी इन्दिवर बिष्टको नेतृत्वमा ५० जनाको सकल दर्जा संलग्न भई कार्यक्रम सम्पन्न भएको गणले जनाएको छ ।