पेट्रोलियम पदार्थको चरम अभाव

पेट्रोलियम पदार्थको चरम अभाव

धरानः नेपाल आयल निगमले सहज रूपमा आपूर्ति गर्न नसक्दा सुनसरीमा पेट्रोल र डिजेल चरम अभाव भएको छ । निगमको क्षेत्रीय कार्यालय विराटनगरले सुनसरी जिल्लालाई मागअनुसार डिजेल र पेट्रोल उपलब्ध नगराएका कारण जिल्लाका विभिन्न स्थानमा डिजेल र पेट्रोलको अभाव भएको हो । १५ दिनदेखि पेट्रोल ढुवानी मजदुरको हडतालका कारण ठप्प भएको पेट्रोलियम पदार्थको अभाव मजदुरले हडताल फिर्ता लिँदासमेत सहज हुन सकेको छैन ।

निगमका क्षेत्रीय प्रमुख दिनेश यादव व्यवसायीको लापरबाहीका कारण अभाव भएको दाबी गर्छन् । धरानको हिमालयन पम्पका सञ्चालक सुनिता केसीले आयल निगमले व्यवसायीलाई समान रूपले डिजेल र पेट्रोल उपलब्ध नगराएका कारण पनि समस्या आएको आरोप लगाइन । सुनसरीको धरान, इटहरी, झुम्का, इनरुवालगायतका स्थानमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ ।

पेट्रोलियम पदार्थ अभावमा सवारीसाधन सञ्चालनमा पनि समस्या आएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोसी अञ्चलका उपाध्यक्ष लक्ष्मी बानियाँले पेट्रोलियम पदार्थ अभावका कारण सुनधरीबाट पूर्वी पहाडी र तराईका जिल्लासम्म यातायात सञ्चालनमा समस्या आएको बताए । सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरीले पेटो«लियम पदार्थ आपूर्र्ति सहज बनाउन आयल निगम र व्यवसायीबीच छलफलको प्रयास भैरहेको बताए ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.