सहिदगन्ज बन्यो अमननगर

सहिदगन्ज बन्यो अमननगर

विराटनगरः मोरङ डायनिया-९ को सहिदगञ्जको नाम फेरिएर अमननगर अर्थात शान्ति टोल भएको छ । गत असारमा आएको बाढीले वस्ती नै बगाएपछि सहिदगञ्ज निकै अशान्त भएको थियो ।

विपन्न मुस्लिम समुदायको बाहुल्य रहेको यो टोलमा धेरै घरका भग्नावशेष मात्र थिए । गाउँकै अस्तित्व संकटमा परेर गाउँलेको बिल्लिबाठ लागेको थियो । तर, दुःखका दिन धेरै रहेनन् यही टोलमा नयाँ घर बनाएर विपन्न परिवारलाई हस्तान्तरण गरिएपछि गाउँमा फेरि खुसीयाली छाएको छ । पुनःनिर्माण भएपछि गाउँमा अमनचयन कायम भएको भन्दै गाउँलेकै सल्लाहमा टोलको नाम ‘अमननगर' बनाइको छ । उर्दूमा अमन अर्थात शान्ति ।

कुवेतका नागरिकको सहयोगमा बीस परिवारलाई घर, मदरसा, मस्जिद र दुहुनो गाईसमेत हस्तान्तरण गरेका छन् । करिब ८० लाख रुपैयाँको लागतमा गाउँ पुनःनिर्माण गरिएको गाविस सचिव विनोद घिमिरेले जानकारी दिएका छन् । उनले भने,‘दाताले विपन्न सुकुम्बासीलाई पक्की चरसहित सेन्टर बेराले बारिएको दुई कोठाको घर बनाई दिएका छन् ।'

मोहम्मद अब्दुल आइतबार आफ्नै घरमा कुवेतबाट आएका अतिथिले रिवन काट्दा निकै हर्षित थिए । ९ जना परिवार सदस्यसहित साँघुरो ठाउँमा जसोतसो बस्दै आएका थिए । दुई कोठे सेन्टर बेरासहितको नयाँ घर पाएपछि अब्दुलले भने,‘अब छोराछोरीलाई जाडोमा न्यानो गरी सुताउन र बर्खामा ओत लगाउने ठाउँ पाएको छु । निकै खुसी लागेको छ ।' उनले नयाँ घरहरु बनेपछि आफ्नो टोलको मुहार नै फेरिएको बताए ।

मोहम्मद रफीका ११ जना सन्तान छन् । बाढीले घर बगाएपछि त्रिपालको बास भयो । लालाबालालाई जोगाउन निकै कठिन पनि तयो । तर, दाताले घर बनाएर चाहिने भाँडावर्तन र लत्ताकपडासमेत सहयोग गरेकोले निकै सजिलो भएको बताउँदै भने,‘अब टोलको अनुहार नै फेरिएको छ म जस्तो टोलका धेरै मानिसले नयाँ घर पाएका छन् ।'

नेपाल डेभलपमेन्ट सोसाइटीको पहलमा कुवेतको रहमा इन्टरनेशनलले सहिदगञ्जमा सहयोग गर्न सहमति जनाएको थियो । गाउँमा महिलालाई सिलाई मेसिन र गाई पनि सहयोग स्वरुप उपलब्ध गराइएको छ । रहमाका प्रतिनिधि तरिक सइदले भने,‘विपन्न मुस्लिम समुदायलाई सहयोग पुगोस भनेर नै हामी नेपालसम्म आएका हौं । यो सानो सहयोगले विपन्नको अनुहारमा ठूलो खुसीभाव देखेका छौं ।' उनले नेपालीका लागि आफूहरु सँधै सहयोग गर्न तयार रहेको पनि बताए ।

वस्तीमा मस्जिद, दुई कोठे पक्की मदरसा र विपन्न सुकुम्वासीको घर निर्माणका लागि डायनिया गाविसले ७ कठ्ठा जग्गा उपलब्ध गराएको हो । यो टोलमा एक सय ५० परिवार बसेपनि अरुको घरलाई बाढीले क्षति नगरेकोले बीस परिवारलाई घर बनाइएको हो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.