जो अस्पतालबाट घर फर्कनै चाहन्नन्

 जो अस्पतालबाट घर फर्कनै चाहन्नन्

बागलुङः अस्पतालमा आएका अधिकाशं बिरामी र तिनका कुरुवा जति सक्दो छिटो घर फर्कन चाहन्छन् । अस्पतालको बातावरण र त्यहाँ देखिने बिरामी, तिनका आफन्तको करुणाले मन उकुसमुकुस हुन्छ । तर, बागलुङको धौलागिरी अञ्चल अस्पतालमा ८० बर्षिया तुलसी बिक एक बर्ष भन्दा बढी समयदेखी अस्पतालमा छिन् । उनले अस्पताल छोड्न मान्दैनन् ।

बागलुङ नगरपालिका ७ गैरागाउँ स्थायी ठेगाना भएकी उनी बिगत एक बर्षदेखी अस्पतालमै रहेको अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालले बताए । ‘शुरुवातमा उपचार गर्न आउनुभएको थियो, त्यसपछि अस्पतालमै बस्नुभएको छ,' उनले भने, केही दिन यता उता गए पनि फेरी फर्केर अस्पतालमै आएर बस्नुहुन्छ ।' अञ्चल अस्पतालमै अहिले उनका लागि निशुल्क खाने बस्ने व्यवस्था मिलाइएको छ ।

अस्पतालमै लामो सयमदेखी रहे पछि आफन्तको खोजी गर्दा दुई छोरी रहेको र दुवैको विहे भइसकेको पाइएको छ । जेठी छोरीको म्याग्दी गौशारा र कान्छी छोरीको बागलुङ नगरपालिकाकै ठाडास्वारामा बिहे भएको हो । आफ्नो फर्केर जाने झुपडी समेत नभएकाले अस्पताललाई नै घर माइत सम्झेर बसेको बिकले बताइन् । ‘बर्षौदेखी बस्दै आएको सानो खरको झुपडी थियो,' उनले भनिन्, ‘कान्छी छोरी गाउँमै सौता माथि पोइला गए पछि जेठी चाहिका आफन्तले आएर मेरो झुपडीमा आगो लाएदिए ।' त्यस यता उनी बेचैन छिन् ।

‘बुढेसकालमा घर जाउ घर छैन, माइत जाउँ ढोका बन्द जस्तै छ, अस्पतालकै २०१ नम्बर शैयामा रहेका बिकले भनिन्, ‘छोरीहरु पनि आ-आफ्नै रनभुल्लमा छन् । म बुढी कहाँ जाउँ ? ' अस्पतालमा बस्ने आफ्नो रहर नभई बाध्यता भएको उनले सुनाइन् । ‘जस्तै भए पनि आफ्नो घर भनेको आफ्नै घर हो,' उनले थपिन्, ‘यहाँ अस्पतालमा त बसे नबस भन्न सक्दैनन्, गए बस बस भन्दैनन्, यही अस्पताल मेरा लागि घर माइत दुवै भएको छ ।' तित्याङ गाविस माइत भएकी उनी आफ्ना कारणले अरुले दुःख मनाउ गर्न नपरोस् भन्नेमा बढी चिन्तित रहेको बताउँछिन् । बेला बेलामा मुटु र छाति दुख्ने समस्याले पीडित छिन् ।

अस्पतालले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सँग समन्वय गरेर बिकलाई गाउँ फर्काउने बिषयमा पनि पहल शुरु गरेको छ । अस्पतालमा धेरै लामो समय राख्दा नयाँ नयाँ संक्रमण हुन सक्ने भएकाले यस्तो पहल थालिएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.सागर राजभण्डारीले बताए । ‘अस्पतालमा धेरै समय राख्यो भने नसो कोमियल, नयाँ नयाँ संक्रमणको जोखिम बढी हुन्छ, डा.राजभण्डारीले भने, त्यसपछि साधारण औषधिले पनि काम गर्दैन ।'

उनलाई अस्पतालमा आउने बिरामीबाट संक्रमण सर्ने र उनीबाट नयाँ बिरामीलाई सर्ने सम्भावना उत्तिकै हुने भएकाले पुर्नस्थापना गर्न जरुरी भएको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले अस्पतालमा रहेका ज्येष्ठ नागरिकको समस्या गम्भिर भएकाले पुर्नवासको व्यवस्था सहित पुर्नस्थापना गर्न पहल गर्ने बताए ।

‘यो संवेदनशिल बिषय हो,' प्रजिअ पाण्डेले भने, ‘तत्काल बागलुङ नगरपालिका लगायतका सम्वन्धित निकायहरु सँग समन्वय गरेर बस्ने बासको प्रवन्ध सहित सहयोगको बातावरण तयार गर्न सक्दो पहल र सहयोग हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.