बैठक बिना निष्कर्ष टुंगियो
काठमाडौंः सत्तारुढ दल र मधेशीको बैठक बिना निष्कर्ष टुंगिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेशी मोर्चा बीच मंगलबार बालुवाटारमा भएको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचन र स्थानीय तहको संख्या निर्धारणका विषयमा छलफल भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकले राजनीतिक सहमतिबाटै अगाडि बढ्ने निष्कर्ष निकालेको उनको भनाई थियो । बैठकले छिट्टै सरकारलाई समर्थन गर्ने दलहरुको संयुक्त बैठक बस्ने समझदारी भएको माओवादी केन्द्रकी प्रवक्ता भुसालले जानकारी दिइन् ।