प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौंं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले अन्नपूर्णलार्इ जानकारी दिए।
प्रधानमन्त्रीले सम्बोधनमा सरकारले अहिलेसम्म गरेका कामको प्रगति तथा स्थानीय निर्वाचनका विषयलार्इ प्राथमिकता दिने अाचार्यले बताए। उनका अनुसार प्रधानमन्त्री प्रचण्डले स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचनमा होमिन देशवासीलार्इ अाग्रह गर्ने छन्।