झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरीक्षण

झापाको दशगजा क्षेत्रमा सीमास्तम्भ निरीक्षण

भद्रपुर: नेपाल-भारत दशगजा क्षेत्रको झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको नेतृत्वको समूहले सोमबार निरीक्षण एवम् अवलोकन गर्‍यो।

सो समूहमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, सीमा सुरक्षा कार्यालय, भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङ, राष्ट्रिय अनुसन्धान कार्यालय, भद्रपुरका उपनिर्देशक कृष्ण खनाल, नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोल सहभागी थिए।

निरीक्षणमा सहभागीले भद्रपुरस्थित १०१ नम्बरदेखि गौरीगन्जको १५१ नम्बरसम्मको सीमा स्तम्भ निरीक्षण अवलोकन गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए।

नेपाल-भारत सीमा सर्भेक्षण कार्यक्रमअन्तर्गत सुनसरी, मोरङ र झापा जिल्लामा रहेका सीमा स्तम्भको मर्मत, हराएका स्तम्भको निर्माण तथा दशगजा क्षेत्रको अतिक्रमणसम्बन्धी विवरण सङ्कलन गर्ने कार्य विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ।

सोही कार्यक्रमको निरन्तरतास्वरुप बाँकी रहेका सीमा स्तम्भको मर्मत तथा निर्माण गर्ने कार्य यस वर्ष पनि सुरुवात भइसकेको छ। यसका लागि झापाको विर्तामोडमा गएको पुस ७ गते नेपाल-भारत सीमा सर्भेक्षणसम्बन्धी गठित फिल्ड सर्भे टिम (एफएसटी)को संयुक्त बैठक बसेको थियो।

बैठकमा भारतका तर्फबाट सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा डिस्ट्रिक्ट मजिस्ट्रेटले नेतृत्व गर्नुभएको उक्त संयुक्त बैठकमा नेपालका तर्फबाट झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला वन कार्यालयका प्रमुख, नापी कार्यालय तथा भवन डिभिजन कार्यालयका प्रमुखको उपस्थिति थियो भने भारतका तर्फबाट किसनगन्ज, अररिया र सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेट, सुरक्षा निकाय तथा वन कार्यालयका प्रमुखको उपस्थिति थियो।

सोही बैठकको निर्णयबमोजिम हाल सीमा सर्भेक्षणका कार्य भइरहेको कुरा नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले बताए। नेपाल-भारत सीमा सर्भेक्षणको सन्दर्भमा हालसम्म ६२ वटा हराएका स्तम्भको अवस्थितिको पहिचान भएर ४५ वटा नयाँ स्तम्भको निर्माण भइसकेको छ भने अन्य निर्माण हुने क्रम जारी छ।

नापी विभागको टोलीले सीमा क्षेत्रका जीर्ण अवस्थाका ५५ वटा सीमा स्तम्भको मर्मत कार्य पनि सम्पन्न गरिसकेको छ भने अन्य नयाँ तथा जीर्ण स्तम्भको मर्मत गर्ने कार्य जारी रहेको नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले बताए।

यसैगरी, सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा झापाका प्रमुख जिल्ला अधिकारी खत्रीले सीमा क्षेत्रमा रहेका केचना प्रहरी चौकीका प्रमुख र इलाका प्रहरी कार्यालय, गौरीगन्जका प्रमुखलाई निर्देशन दिँदै सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा विस्तृत जानकारी लिएका थिए।

साथै, निरीक्षण एवम् अवलोकन पछि नापी विभागका प्रमुख नापी अधिकृत डङ्गोलले नेपाल-भारतको दशजगा क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा क्षेत्रको अतिक्रमणको नक्साङ्कन भइसकेको छ र यसबाट कति क्षेत्रफल अतिक्रमण भएको छ त्यसको विवरण केही समयपछि जानकारी दिने बताए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.