फागुन १९ गते बोलाइएको संसद बैठक ८ दिन पछि सर्याे
काठमाडौंः संसद बैठक अाठ दिनपछि धकेलिएको छ। फागुन १९ गतेका लागि बोलाइएको संसद बैठक फागुन २७ गतेका लागि सारिएको संसद सचिवालयले जनाएको छ।
संसदमा टेबुल गरिएको संविधान संशोधन विधेयकबारे दलहरुबीच सहमति जुटिनसकेकाले संसद बैठक आठ दिन पछि सारिएको सभामुखका प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए।
सभामुख ओनसरी घर्ती आफ्ना श्रीमान वर्षमान पुन अनन्तको उपचारका लागि थाइल्याण्डमा रहेको तथा संविधान संशोधनबारे सहमति जुटाउन प्रधामन्त्री प्रचण्ड लगायत अन्य दलका शीर्ष नेताहरु छलफलमा रहेकाले पनि संसद बैठक केही दिन पछि सारिएको सचिवालयले जनाएको छ।