आइजी मुद्दाको अन्तिम टुंगो बुधबार
काठमाडौं: प्रहरी प्रमुख नियुक्तिसम्बन्धी मुद्दामा मंगलबार पनि निर्णय हुन नसकेपछि बुधबारका लागि सुनुवाइ सारिएको छ।
मंगलबारको सुनुवाइका क्रममा चन्दको तर्फबाट वरिष्ठ अधिवक्ता शुशील पन्त, सतिशकृष्ण खरेल पूर्णमान शाक्य, प्रेम बहादुर खडका र हरि उप्रेती र अधिवक्ता सनिल पोखरेल दीनमणि पोखरेल र माधव बस्नेतलगातय बहसर गरे। सुनुवाइ नसकिएपछि अदालतले यसलाई 'हेर्दाहेर्दै'मा राखेको छ।
विपक्षी वकिलहरुको जवाफ दिएपछि बुधबार सम्भवतः यो मुद्दाको टुंगो लाग्नेछ। सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गरेपछि अर्का डीआइजी नवराज सिलवालले सर्वोच्चमा रिट हालेका थिए।
मन्त्रिपरिषद्को निर्णयअघि नै अधिवक्ता कपिलदेव ढकालले जयबहादुर चन्दलाई प्रहरी प्रमुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए।