खुकुरी र ढुंगाले हानेर श्रीमतीको हत्या

खुकुरी र ढुंगाले हानेर श्रीमतीको हत्या

तम्घास: गुल्मीको ईस्मारजस्थल-१ थापाचौरमा ५९ वर्षीय यम बहादुर खत्रीले ४५ वर्षकी कमला खत्रीलाई घरमा बसिरहेकैबेला मंगलवार विहान ७ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

दुई श्रीमति भएका उनले खुकुरी र ढुंगाले किचेर श्रीमतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिए। उनका अनुसार घरायसी पारिवारिक झै-झगडाका कारण हत्या भएको हुन सक्ने बताए। खुकुरी प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो।

दुई श्रीमती विवाह गरेका खत्री लामो समयदेखि कान्छी श्रीमती कमलासँगै बस्दै आएका थिए। उनका जेठी श्रीमतीतर्फ चार र कान्छी श्रीमति कमलातर्फ चार गरी आठ सन्तान रहेका छन्।

खत्रीले श्रीमतीको हत्या गर्नु अघि आफ्नै गोठमा आगो समेत लगाएको स्थानीय बासिन्दाले बताएका छन्।जिल्ला प्रहरी कार्यालय गुल्मीले खत्रीलाई मंगलबार घटनास्थलबाटै पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.