२५ वर्षपछि गाउँ पुगे डेनिस राजकुमार

२५ वर्षपछि गाउँ पुगे डेनिस राजकुमार

स्याङ्जाः डेनमार्कका राजकुमार योकिम होल्गर वालदिमाम क्रिस्चियनले उपल्लो आँधीखोला जलाधार क्षेत्रअन्तर्गत मंगलबार बाङसिङ गाविसस्थित खानेपानी, पहिलो, वनजंगललगायतको अनुगमन एवं निरीक्षण गरेका छन् । करिब २५ वर्षअघि २४ बर्से उमेरमा जुग्लेको बाटो हँदै करिब दुई घन्टाको पैदल यात्राबाट बाङसिङ पुगेका डेनिस राजकुमार मंगलबार भने केयर नेपालको गाडीबाट त्यहाँ पुगे ।

अहिले गाउँमा आएको परिवर्तनले उनी खुसी देखिए । पहिला गाउँ आउँदाको क्षण स्मरण गर्दै राजकुमार क्रिस्चियनले त्यतिबेला गाउँलेको अवस्था त्यति राम्रो नभएको, डाँडापाखा, पखेरा, सुक्खा, जीविकोपार्जन कष्टकर, खानेपानीको अभाव रहेको र केयरमार्फत कार्यक्रम सञ्चालनका लागि सहयोग गरेको बताए ।

‘केयरले बीउ मात्र दिएको हो । धेरै परिवर्तन तपाईंहरूले गर्नुभएको होत्व, उनले भने, ‘आशा गर्छु अब २५ वर्षपछि म पुनः यहाँ आउनेछु । त्यतिबेला ह्विलचियरमा पनि म सहजै यहाँ आउन सक्नेछु ।


राजकुमार आउने थाहा पाएपछि स्थानीयवासी लालीगुराँस, सुनाखरीका माला र फूल हातहातमा लिएर स्वागतमा बसेका थिए ।

राजकुमारलगायतको टोलीले अवलोकन गरेपछि डेनमार्क सरकारले केयरमार्फत भूसंरक्षण कार्यालय र स्थानीय संस्थासँगको सहकार्यमा गाउँमा वृक्षरोपण, खानेपानीको व्यवस्था, मूल संरक्षण, महिला र क्षमता अभिवृद्धि र आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो । २०४९ सालमा सुरुमा बाङसिङ, बागे, आरुखर्क, भाटखोला, बिचारी चौतारा गाविस समेटी कार्यक्रम सञ्चालन गरिएको थियो ।

दोस्रो चरणसम्म करिब १० वर्षमा आँधीखोला जलाधार क्षेत्रअन्तर्गतका १४ वटा गाविसमा सोही कार्यक्रम विस्तार गरी केयर नेपालमार्फत ती गाउँमा परिवर्तन ल्याइएको आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त पौडेलले जानकारी दिए ।

‘खानेपानीको दुःख भएका कारण पहिला गाउँ छाडेर गएकाहरू केयरको कार्यक्रम सञ्चालनपछि वृक्षरोपण, आयआर्जनको सीप पाएपछि अहिले बाहिर जाने पनि गाउँमै फर्कन थालेका छन्त्व, उनले भने ।

डेनिस राजकुमार आउने थाहा पाएपछि स्थानीयवासी लालीगुराँस, सुनाखरीका माला र फूल हातहातमा लिएर उनको स्वागतमा बसेका थिए । उनीहरूले पन्चेबाजाले समेत राजकुमारको स्वागत गरे ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.