चुनावी हारको बदला लिन ‘बलात्कार' मुद्दा

चुनावी हारको बदला लिन ‘बलात्कार' मुद्दा

नेपालगन्जः फागुन १३ गते साँझ । बाँके बेतहनीकी माया बर्मा घरमा खाना पकाउँदै थिइन् । गाउँका केही ठिटा त्यही बाटो भएर जाँदै थिए । मायालाई भाउजू भन्दै उनीहरूले भलाकुसारी गरे । घरमा मासु पाक्दै थियो, खाएरै जाने निधो भयो ।

केही बेरपछि आगँनमा पुलिस पुगे । भागाभाग भयो । एकजना हसन अलि मनिहारलाई प्रहरीले पक्राउ गर्‍यो । अर्का एकजना जुनेद खाँ त्यहाँबाट भागे, उनी अहिलेसम्म सम्पर्कमा छैनन् । प्रहरीले चौकीमा ल्याएर बलात्कारको मुद्दा चलाइएको छ । तर खासमा मायाको बलात्कार भएकै थिएन ।

गाउँमा बिहेको रमझम थियो । शिवरात्रिको उल्लास थियो । मानिस यताउता गरिरहेका थिए । त्यही क्रममा उनीहरू पनि मायाको घर पुगेका थिए । छिमेकी भएका कारण उनीहरूको बोलिचाली, व्यवहार राम्रै थियो । घरभित्र बसेका बेला कसैले पुलिसलाई फोन गरेर भनेछ, ‘त्यहाँ केटाहरू गएर, मायाको बलात्कार गरिरहेका छन् ।' पुलिस तत्कालै पुग्यो ।

अहिले मायाले पनि आफ्नो बलात्कार भएकै छैन र निर्दोषहरूलाई फसाइएको छ भनिरहेकी छिन् । वकिल अनि प्रहरीलाई बयान दिइरहेकी छिन् । तर प्रहरी मानिरहेको छैन । पक्राउ परेका हसनलाई प्रहरीले बलात्कारको मुद्दा लगाइसकेको छ ।
खासमा यो घटनामा गाउँकै एकजनाले रिसइबी साँध्न मायालाई प्रयोग गरेका छन् । केही दिनअघि बेतहनी २ मा रहेको माछापुच्छ्रे प्राविमा विद्यालय व्यवस्थापन समितिको चुनाव भएको थियो । त्यसमा सदस्यका लागि उम्मेदवारी दिएका त्यही गाउँका युनुस खाँले चुनाव हारेका थिए ।

हसन, जुनेदको समूह मिलेर एउटा प्यानल बनाएका थिए भने युनुसको अर्को प्यानल थियो । युनुसको समूहबाट सदस्य पदमा उठेकी मायाले पनि अर्को समूहकै बराबर १५ मत पाएकी थिइन् । चिठ्ठाबाट छानिँदा माया पनि बाहिरिइन् । आफ्ना समूहका सबैले चुनाव हारेपछि युनुसले त्यो समूहसँग हरेक कुरामा निहुँ खोजिरहेका थिए ।

त्यसअघि पनि स्थानीय सामुदायिक वनको चुनावमा युनुस कोषाध्यक्षमा लडेका थिए । त्यहाँ पनि जुनेदकी भाउजूले युनुसलाई हराइन् । त्यसपछि हरेक कुरामा त्यो समूहसँग बदला लिन खोजिरहेका युनुसले त्यो घटनालाई समाते । उनले त्यही घटनामा जुनेद र हसनहरूलाई फसाएर बदला लिने योजना बनाए र मायालाई प्रयोग गरे । त्यो गाविसमा रहेका चारवटा विद्यालय सबैमा युनुस समूहले चुनाव हारेको थियो ।


गाउँकी स्वास्थ्य स्वयम् सेविका भएर काम गरिरहेकी मायाका तीन छोरी र एक छोरा छन् । उनका श्रीमान् भारतको गोवामा काम गर्छन् ।

गाउँकी स्वास्थ्य स्वयम् सेविका भएर काम गरिरहेकी मायाका तीन छोरी र एक छोरा छन् । उनका श्रीमान् भारतको गोवामा काम गर्छन् । घरमा एक्ली उनलाई गाउँलेले पनि ‘फरक' नजरले हेर्थे । त्यो घटनापछि त झनै उनको बलात्कार भयो भनेर हल्ला धेरै फैलिइसकेको थियो । ‘चार-चार जना बच्चा हुर्काएर बसिरहेको मान्छे हुँ, हुँदै नभएको हल्ला चलिरहेको थियो, निर्दोषलाई त्यस्तै जेल हालिएको छ', माया भन्छिन्, ‘मैले आफै मेरो बलात्कार भएको छैन भनेपछि त सक्किगो नि ? '

त्यही हल्लालाई समातेर युनुसले मायालाई धेरै डर देखाइदिए । ‘हेर तिम्रो बलात्कार भयो भनेर गाउँभरि हल्ला भइसक्यो, अब तिमी केही गरे पनि बच्दिनौ, बरु पुलिसमा त्यही मुद्दा देऊ, नत्र झन बेइज्जत हुन्छ भनेर धेरै डर देखाए', माया भन्छिन्, ‘युनुसको कुरा पनि ठिकै लाग्यो अनि ऊसँगै आएर बलात्कार भएको मुद्दा दिएँ, उसैले लेखिदियो मैले सही मात्रै गरेँ, अहिले पछुतो लागिरहेको छ ।'

त्यो दिन उनको घरमा पुगेको प्रहरीलाई पनि मायाले ‘बलात्कार भएकै छैन, भित्र बसेर गफमात्रै गर्दै थियौं' भनेकी थिइन् तर प्रहरीले ‘तिमी चूप लाग, अब हामी आफै मुद्दा हेर्छौ' भनेर हसनलाई समातेर लगेको थियो । ‘मलाई त बोल्नै दिएनन्, अघिपछि महिलाअधिकारका कुरा गर्न आउने, अहिले यस्तो भन्ने ? भनेर पुलिसले नै हप्काए', उनले भनिन्, ‘अब हुँदै नभएको बलात्कारलाई मैले कसरी हो भन्नु त ? '

प्रहरीले भने अब त्यो मुद्दामा केही पनि हेरफेर हुन नसक्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राईका अनुसार बलात्कारजस्तो संवेदनशील मुद्दालाई फेरि फिर्ता गर्न मिल्दैन । ‘त्यही महिलाले अघिल्लो दिन बलात्कार भयो भनेर मुद्दा दिने अनि अहिले फेरि होइन भन्ने', उनले भने, ‘यदि त्यस्तो भएन भने अब उसैलाई कारबाही गर्नुपर्छ । तर अब यो मुद्दा प्रहरीको मात्रै होइन, अदालतले नै फैसला गर्नुपर्छ ।'

बलात्कारसम्बन्धी मुद्दालाई प्रहरीले ६ महिनाभित्र जहिले आए पनि दर्ता गर्नैपर्छ र कारबाही प्रक्रिया अघि बढाउनैपर्छ । ‘त्यसैले पनि हामी बाध्य भयौं दर्ता गर्न, मुद्दामा आरोप लागेकालाई पनि समाउनैपर्‍यो', उनले भने, ‘अब अदालतले फैसला गर्छ, हामीले के गर्नु ? तर, निर्दोषलाई फसाइएको हो भने मुद्दा दिनेलाई पनि कारबाही हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.