मधुमेहबाट जोगिने उपाय
मधुमेहको समस्या संसारमा बढ्दो छ । डाइबेटिज यूकेको तथ्यांकअनुसार दक्षिण एसियाका मानिसलाई अन्यत्रकालाई भन्दा टाइप २ मधुमेह हुने जोखिम करिब चार गुणा रहेको देखिएको छ । दक्षिण एसियाका मूलवासीलाई टाइप २ मधुमेह हुनेको जोखिममा उनीहरूको मांसपेशीले बोसो उपभोग गर्ने तरिकाले गर्दा बढी भएको कुरा अध्ययनले देखाएको छ ।
ग्ल्यासको युनिभर्सिटीका अनुसन्धान टोलीले पत्ता लगाएअनुसार युरोपियन मान्छेहरूको तुलनामा दक्षिण एसियाका मानिसको मांसपेशीले शक्ति कम प्रयोग गर्दामा इन्सुलिन हार्मोनमा कम प्रतिक्रिया दिनाले मधुमेहको जोखिममा योगदान पुर्याउन सक्ने देखिएको छ ।
शरीरले बोसो उपभोग गर्ने एउटा तरिका अस्थिरपन्जी मांसपेशीहरू हुन् र अनुसन्धानकर्ताले दक्षिण एसियाका र युरोपियन मानिसको मांसपेशीहरूमा धेरै भिन्नता रहेको पाएका छन् । अर्को अर्थमा दक्षिण एसियाका र युरोपियन मानिससँगै एकै गतिमा हिँडे भने युरोपियन मानिसको शरीरले धेरै क्यालोरी उपयोग गर्छ ।
मधुमेहको अन्य कारण
प्यास लाग्नु, खासगरी रातमा सदाभन्दा बढी पिसाब लाग्नु, थकाइ लाग्नु, बजन घट्नु (त्यसै थाहा नपाई), अस्पष्ट देख्नु, गुप्ताङमा धेरै चिलाउनु आदि मधुमेहको लक्षण हुन् । याद गरौं कि बिना लक्षण पनि मधुमेह हुन सक्छ । त्यसैले रगत परीक्षण बेलाबेलामा गर्नुपर्छ ।
टाइप-१ मधुमेह प्रायः बच्चाहरू र कम उमेरका मानिसहरूमा प्रौढ विकास हुन्छ भने ९० प्रतिशत टाइप २ मधुमेह जीवनशैलीको कारणले देखिएको छ । दक्षिण एसियाका मानिसहरूको कम मांसपेशी हुनुको साथै पेटमा बढी बोसो हुने सम्भावना रहन्छ जसका कारण इन्सुलिन प्रतिरोध हुनसक्छ । पेटको बोसोमा हुने एक किसिमको अग्रगामी एन्जियोटेनसिन प्रोटिन हो जसले रक्त कोषिकाहरूमा रगत ओहोरदोहोर गर्न व्यवधान पुर्याउँछ । उक्त कारणले रक्तचाप बढ्ने गर्छ ।
अर्को प्रोटिन जसलाई रेटिनो बाइन्डिङ ४ भनिन्छ । जुन इन्सुलिन प्रतिरोध हुन्छ जसको कारणले आर्टरीहरू बन्द भई हृदयाघात, स्ट्रोक हुने जोखिम बढ्छ । पेटको बेसोमा पाइने अरू प्रोटिनले थोरै सुनिने गराउन सक्छ, जसले मुटुरोग, मधुमेह र अरू रोगहरू जस्तैः क्यान्सर हुने जोखिम हुन्छ ।
मोटोपन नभए पनि खानपिन तथा जीवनशैलीको कारणले मधुमेहको जोखिम प्रबल रहन्छ । बढ्दो सहरीकरण कारणले कम क्रियाशील जीवनयापन पनि अर्को कारण हुन आउँछ । झन्डै ५० प्रतिशत एसियाका प्रौढले धूमपान गर्छन्, जसको कारणले ठूलो भुँडी हुन पुग्छ र ४५ प्रतिशत मधुमेह हुने जोखिम बढ्छ ।
सेतो भात तथा अरू परिष्कृत अन्नहरू बढी मात्रामा खाने हुँदा यसले मधुमेहको जोखिम बढाउने सम्बन्ध छ । आमा गर्भवती हँदा उचित पोषणयुक्त खाना नखाँदा जब बच्चा ठूलो हुन्छ, उसको उच्च चिनीको मात्रा रगतमा देखिने कारक बन्न सक्छ । वायु प्रदूषणको कारणले इन्सुलिन प्रतिरोध बढ्ने र मधुमेहको जोखिमको समस्या पनि एसियाको सहरहरूमा देखिएको छ ।
मधुमेहले मुटुलाई गर्ने असर
रगतमा उच्च ग्लुकोज लेभल भएपछि रगत बाक्लो र टाँसिने हुनपुग्छ । त्यसैले शरीरभरि रगत पम्प गर्न मुटुलाई भार पर्छ । यसले आर्टरीको भित्तामा असर गर्दछ । चिल्लो जम्ने क्रमको विकास गर्न सक्दछ । मुटु रोगका जोखिमका तत्ववहरू धूमपान, उच्च रक्तचाप र रगतमा उच्च कोलेस्ट्रोलबाट हुने नोक्सानलाई मधुमेहले अरू बढाउँदछ । टाइप २ मधुमेह भएको मान्छेको प्रायः ट्राइग्लिसराइड बढी र एचडीएल कोलेस्ट्रोल कम हुन्छ । मधुमेह भएको मान्छेलाई रक्तचाप हुने बढी सम्भावना हुन्छ । मधुमेहले मुटुको मांसपेशीलाई असर गर्न सक्छ र रगत पम्प गर्ने क्षमतामा ह्रास आउन सक्छ । मधुमेहले मुटुको स्नायुलाई असर पार्न सक्छ । त्यसैले एन्जाइनाको लक्षणहरूमा फरक पर्न सक्छ । यसले इन्जाइना र हृदयाघात पत्ता लगाउन ढिलो हुन सक्छ ।
जोखिम कसरी कम गर्ने ?
शरीरका अंगहरू जस्तै आँखा, मिर्गौला, पैतालाको नोक्सानलाई रोकथाम गर्न रगतको ग्लुकोज लेभल र रक्तचाप ठीक गरी नियन्त्रण गर्नु जरुरी छ । मधुमेहले कोरोनरी मुटुरोग लाग्ने सम्भावनालाई धेरै बढाउँछ । मधुमेहको मुख्य जोखिमका तत्ववहरूको राम्रो उपचार र जीवनशैली परिवर्तन गरेर नियन्त्रण गर्न सकिन्छ । तलका निम्न कुराहरूलाई मनन गरौं ।
मोटोपन हटाऔं, क्रियाशील बनौः स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँदछ, यसले कोलेस्ट्रोल घटाउँदछ र मधुमेहको विकास हुने जोखिमलाई कम गराउँदछ । आफ्नो उचाइ अनुरूपको वजन हुनुपर्दछ । शारीरिक निष्क्रियता मुटुरोग लाग्ने प्रमुख जोखिम हो र टाइप २ मधुमेहको विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधिको परिमाणलाई कम गर्न मद्दत गर्दछ । क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानुपर्दछ र हप्ताको घटीमा पाँच दिन आधी घन्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।
थोरै खाआौं, राम्रोसँग खाऔः एकै समयमा छाक नछुटाई स्वस्थ्यकर खानु महत्ववपूर्ण कुरा हो । कस्तो र कति खाने भन्नेकुराको जानकारी हुन आवश्यक छ । राम्रो खानाले वर्तमान र भविष्यमा स्वास्थ्यमा ठूलो असर पार्दछ । फलफूल र सब्जी र स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिमलाई कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ ।
धूमपान छोडौः धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धूमपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छाशक्ति महत्ववपूर्ण कुरा हो ।
कोलेस्ट्रल र ट्राइग्लिसराइड नियन्त्रण गरौः स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेह भएकोको मान्छेलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ । समयमा रगत जाँच गराई आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाहा पाइरहनु पर्दछ र त्यही अनुरूप जीवनशैली बदल्नुपर्दछ ।
उच्च रक्तचाप नियन्त्रण गरौः मधुमेह भएको मान्छेलाई प्रायशः उच्च रक्तचाप हुने गर्दछ । यसलाई नियन्त्रण गर्नु जरुरी छ । चिन्तालाई कम गरौः चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नै । चिन्ताले गलत क्रियाकलापलाई पनि उक्साहित गर्न सक्छ । आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्न सकिन्छ ।
मदिरा सेवन कम गरौः मदिरामा बढी क्यालोरी हुने हुँदा यसको सेवनलाई निकै कम गर्नुपर्छ । यदि तपाईंलाई मधुमेह छ भने वार्षिक रूपमा यसको पुनर्विचार गर्नुपर्दछ । यसले कि तपाईंको मधुमेहसम्बन्धी जटिलता विकास हुन नदिई जस्तै कोरोनरी मुटुरोगको नियन्त्रणलाई सहयोग पुर्याउँछ ।