सान्तुई हेभी इक्विपमेन्ट नेपालमा
काठमाडौः नेपाली हेभी इक्विपमेन्ट बजारमा नयाँ ब्रान्डको प्रवेश भएको छ । चिनियाँ हेभी इक्विपमेन्ट सान्तुई नेपाल भित्रिएको हो । अटो इलेक्ट्रो मेक (एइएमपी) प्रालिले सोमबार राजधानीमा मोटर ग्रेडर सार्वजनिक गरेको हो । सान्तुईले आफ्नो उत्पादन नेपालमा बिक्री गर्न एइएमपीलाई जिम्मेवारी दिएको छ ।
सान्तुईको मोटर ग्रेडर नेपाल भित्रिसकेको छ । कम्पनीले एक्साभेटर, बुलडोजर, लोडर, ब्याकहो लोडर पनि नेपाल भित्र्याउनेछ । हेभी इक्विपमेन्ट उत्पादनमा सान्तुई विश्वभर लोकप्रिय ब्रान्ड हो । सान्तुईका उत्पादन विश्वका एक सय ५० मुलुकमा पुगेका छन् ।
नेपालमा पूर्वाधार विकासको काम तीव्र रूपमा भइरहेको छ । विकास निर्माणसँगै हेभी इक्विपमेन्टको माग पनि बढ्दो छ । नेपालमा भइरहेको विकास निर्माणलाई लक्ष्य गरी सान्तुई ब्रान्ड भित्र्याइएको हो । सान्तुईका उत्पादन उत्कृष्ट र भरपर्दो भएकाले छिट्टै नेपालीको विश्वास जित्ने एइएमपीका सेल्स डाइरेक्टर श्यामकृष्ण खड्गीले बताए ।
कम्पनीले सान्तुई सार्वजनिक कार्यक्रममा अग्रिम बुकिङ गर्ने ११ व्यवसायीलाई साँचो हस्तान्तरण गरेको छ । सान्तुईका महाप्रबन्धक विल झोङले सान्तुई उत्कृष्ट हेभी इक्विपमेन्ट निर्माता कम्पनी भएको दाबी गरे । सान्तुईको प्रयोगबाट नेपाली ग्राहक सन्तुष्ट हुने उनको विश्वास छ । आधुनिक एवं विकसित प्रविधिले सुसज्जित सान्तुईका उत्पादन देशभर उपलब्ध गराउने कम्पनीले जनाएको छ ।