लुम्बिनीसँग जोड्ने सडक योजना निर्माण सुरु

लुम्बिनीसँग जोड्ने सडक योजना निर्माण सुरु

बुटवल: रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन्।

सैनामैना चक्रपथ तथा मुर्गिया-सूर्यपुरा-लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन्।

ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ। यी सडक योजनाको लागत रु एक अर्ब १५ करोड ८२ लाख ८३ हजार १६५ रहेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ।

यस्तै सैनामैना-१ कर्साघाटमा दानव नदी माथि पुल तथा सेमलार जोड्ने सडक करिब रु १४ करोड ६० लाख पाँच हजार ४४४को लागतमा निर्माण गरिने भएको छ। एकसय अठ्ठाइस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको पुल आव २०७५÷०७६ मा निर्माण सम्पन्न हुने अनुमान छ।

यो पुलले सैनामैनालाई दानव नदीपारिको ग्रामीण क्षेत्रसंग जोड्नुका साथै भैरहवा, अन्तर्राष्ट्रिय विमानस्थलबाट नहरपुर बेलबास बेथरी सडक हुँदै सिधा अन्तर्राष्ट्रियस्तरको सम्पर्क बढाउने विश्वास गरिएको छ।

क्षेत्रीय तथा पर्यटकीय सडकअन्तर्गत सैनामैना चक्रपथ सडक समेत एकैसाथ निर्माण प्रारम्भ भएको छ। रु ६९ करोड ९८ लाख ९९ हजार ४५९ को लागतमा निर्माण गरिने सो चक्रपथ आव २०७४÷०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिए।

यस्तै मुर्गिया-सूर्यपुरा-लुम्बिनी सडक सम्भावित प्रादेशिक सडकको रुपमा यसलाई अगाडि बढाइएको छ। यो सडकको बजेट रु ११ करोड, ७९ लाख ९७ हजार १६४ मा बोलपत्र स्वीकृत गरिएको हो।

यस्तै,रामापुर-लुम्बिनी सडक निर्माणका रु नै करोड ७० लाख ५२ हजार ३२८ मा बोलपत्र स्वीकृत भएको छ। क्षेत्रीय तथा पर्यटकीय सडकको रुपमा निर्माण गरिने यो सडक आव २०७४÷०७५ सम्ममा निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ।

निर्माण सुरु गरिएका यी योजनाको पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेलले मङ्गलबार एकै दिन शिलान्यास गरेका थिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.