डीआईजी चन्दलाई तत्काल पदस्थापन नगराउन सर्वोच्चको आदेश

डीआईजी चन्दलाई तत्काल पदस्थापन नगराउन सर्वोच्चको आदेश

काठमाडौं: सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमाथिको लामो छलफलपछि डीआईजी जयबहादुर चन्दलाई तत्काल पदस्थापन नगराउन आदेश दिएको छ।

लामो बहसपछि बुधबार सर्वोच्चले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न यसअगाडि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै पदबहाली प्रकिया रोकिदिएको हो।

यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदैँ सर्वोच्चले पहिलो नम्बरका डीआईजी नवराज सिलवालको पक्षमा निर्णय सुनाएको हो।

प्रहरी प्रमुखमा ज्येष्ठताका आधारमा डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग राखेर अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले भिन्नाभिन्नै रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.