प्रधान सेनापति कप क्रिकेटको उपाधि सैनिक महाविद्यालयलाई

प्रधान सेनापति कप क्रिकेटको उपाधि सैनिक महाविद्यालयलाई

भक्तपुर : आयोजक सैनिक आवासीय महाविद्यालयले भक्तपुरमा भएको दसौं प्रधानसेनापति कप अन्तरविद्यालय रनिङ शिल्ड टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको फाइनलमा ललितपुरको डीएभी सुशील केडिया स्कुललाई ५३ रनले हराउँदै जीत निकालेको हो । प्रतियोगिताको साविक विजेता सैनिक उपाधिसँगै २५ हजार रुपैयाँ नगद पुरस्कारसमेत जोगाएको छ । उपविजेता डीएभीले भने १५ हजार रुपैयाँमै चित्त बुझाउनुपरेको छ ।
सैनिकले प्रतियोगिताको दोस्रो संस्करणदेखि दसौंसम्म लगातार नौपटक उपाधि जित्न सफल भएको छ ।

बुधबार टस जितेर व्याटिङ राजेको सैनिक निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा डीएभीसामु एकसय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सैनिकका भविन मगरले अविजित रहँदै सर्वाधिक २८ रन जोडे । १६ बलको सामना गरेका उनले चार चौका प्रहार गरे ।

त्यस्तैै अशीम मल्लले तीन चौकाको मद्दतमा २७ र जेम्स केसीले दुई चौकासहित २३ रनको योगदान दिए । बलिङतर्फ डीएभीका समन श्रेष्ठले १८ रन दिएर दुई विकेट हात पोर । त्यस्तै आशीष शाह र सुजल गुप्ताले एकएक विकेट लिए ।

जवाफी व्याटिङ गर्न आएको डीएभी एक विकेट छँदै बल सकिँदा ६७ रनमै समेटिन बाध्य भएको थियो । डीएभीका लागि सुजल गुप्ताले दुई चौकाको मद्दतमा २० र आदित्य अग्रवालले एक चौका हानेर नौ रन जोडे ।

बलिङतर्फ सैनिकका दीपक न्यौपाने एक्लैले डीएभीका चार विकेट हात पारे । फाइनल खेलका म्यान अफ दि म्याच बन्न सफल न्यौपानेले चार ओभर बलिङ गर्दा जम्मा ११ रनमात्रै खर्चे ।

त्यस्तै सैनिकका प्रफुल्ल श्रेष्ठ र आयुष अधिकारीले दुईदुई हात पारे । फाइनलमा आयोजक सैनिकलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान प्रफुल्ल प्रतियोगिताकै उत्कृष्ट फिल्डर बन्न सफल भए । त्यस्तै सैनिकका दीपक न्यौपाने उत्कृष्ट बल बन्दा उपविजेता डीएभीका सुजल गुप्ता प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै सैनिकका प्रसिद्ध बस्याल उत्कृष्ट व्याट्सम्यान र जेम्मसका विराट आचार्य उत्कृष्ट विकेट किपर बन्न सफल भए । प्रतियोगिताका विजेता, उपविजेता , व्यक्तिगत विधातर्फ उत्कृष्ट हुन सफल खेलाडीहरुलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शिल्ड, पदक, प्रमाणसहित नगद पुरस्कार वितरण गरेका छन् ।

प्रतियोगितामा काभ्रेसहित काठमाडौं उपत्यकाका १५ वटा स्कुलको सहभागिता रहेको थियो ।



उपधि जितेपछि खुसीयाली मनाउँदै सैनिक आवासीय महाविद्यालयका खेलाडी तथा अफिसियल । तस्बिर ः ईश्वरकाजी खाइजू

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.