स्थानीय निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन

स्थानीय निर्वाचनमा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं : केन्द्रीय सुरक्षा समितिको बुधबारको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३-७४ पारित गरेको छ।

उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको अध्यक्षतामा बुधबार दिउँसो गृहमन्त्रालयका बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो।

२०७४ वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकायका गरी जम्मा दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा गृहमन्त्री निधिले निर्वाचनको आवश्यक तयारी पूरा गरेर योजना अनुसारअघि बढ्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए।

बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, रक्षासचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका निमित्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका उपरथी बलदेब महतलगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.