धर्मपुत्रीको हत्यापछि धरान तनावग्रस्त

धर्मपुत्रीको हत्यापछि धरान तनावग्रस्त

धरान : धरान १६ काबलिमान राई र पदमकुमारी राईले धर्मपुत्री रुपमा पालेकी १३ बर्षीया अनिसा राईको मृत्युको विषयलाई लिएर धरान तनावग्रस्त बनेको छ।

स्थानीयले मंगलबार रातिदेखि आन्दोलन गर्दा धरान धरान तनावग्रस्त बनेको हो । अनिशालाई धर्मबाबु बलिमान र धर्मआमा पदमकुमारीले विष सेवन गराई यातना दिएर हत्या गरेको आरोप लगाउदै स्थानिय बासिन्दा आन्दोलनमा उत्रिएपछी दुई दिनदेखि धरान तनावग्रस्त बनेको हो ।

अनिसाकी जन्मदिने आमा अनिता राईको मृत्यु भएपछि उनी दश बर्षदेखि बलिमानको घरमा धर्मपुत्रीका रुपमा बस्दै आएकी थिइन् । अनिसालाई बलिमानको परिवारले पटक पटक यातना दिएका कारण मृत्यु भएको भन्दै स्थानिय वासिन्दाले दोषीलाई कारर्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरान घेराउ गरेका छन् ।

आक्रोशित स्थानियवा सिन्दाले बलिमान र पदमकुमारीले अनिसाको शारीरिक तथा मानसिक यातना दिएर कुटपिट गरी बिष सेवन गरी हत्या गरेको भन्दै उनीहरुलाई कार्वाहीको माग गर्दै धरानमा विरोध पर्दशन समेत गरेका छन् ।

स्थानियवासिन्दाले बलिदान र पदमकुमारीलाई पक्राउ गरी कार्वाहीको माग गर्दै बलिदानको घर तोडफोडको प्रयास समेत गरेका थिए । आक्रोशित स्थानिय वासिन्दाले बलिदानको घर तोडफोड गर्ने प्रयास गरेपछी प्रहरीले तोडफोड गर्न नदिएपछी स्थानीय आक्रोशित भएका थिए । स्थानिय वासिन्दाले बलिदानको घरतोडफोड गर्न थालेपछी प्रहरीले स्थिति नियन्त्रणमा लिन ३६ सेल अश्रुग्यास प्रहार गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थानियवासिन्दा र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा १७ जनाप्रहरी घाइते भएका छन् । अनिसाका बाबु जितबहादुर राईले आफ्नी छोरी अनिसालाई बलिमानले यातना दिएर विष सेवन गराई हत्या गरेको आरोप लगाउदै उनी विरुद्ध कारर्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका छन् । उनले अनिसाको हत्या विष सेवनका कारण भएको दादी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कार्वाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय धरानले बलिमान र मदमकुमारीलाई पक्राउ गरी कारर्वाही प्रक्रिया अगाडि बढाइएको डिएसपी खतिवडाले बताएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.