पोखरा संस्कृत विद्यापीठमा नेविसंघ विजयी
पोखराः विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखराको स्ववियु निर्वाचनमा नेविसंघको प्यालन विजयी भएको छ । बुधबार भएको निर्वाचनमा नेविसंघका केशव आचार्य स्ववियु अध्यक्ष निर्वाचित भएको पोखराका अन्नपूर्ण संवाददाता केशब शरणले जानकारी गराएका छन् ।
आचार्यले ५९ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्व प्राज्ञिक विद्यार्थी परिषद र क्रान्तिकारीका संयुक्त उम्मेद्वार गोपाल गौतमले ३५ मत प्राप्त गरेका गरे । सचिवमा तारा पराजुली र कोषाध्यक्षमा भरत पोखरेल विजयी भएका छन् । समानुपातिक तर्फ नेविसंघले ३ सदस्य तथा संयुक्त प्यालनले ३ सदस्य पाएको छ ।