पारस खड्का स्वयम्सेवक नेपालको सद्भावना दूत

पारस खड्का स्वयम्सेवक नेपालको सद्भावना दूत

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयम्सेवक नेपालको सद्भावना दूत नियुक्त भएका छन्।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल र हिमालयन क्लाइमेट इनिसिएटिभका अध्यक्ष प्रशान्त सिंहले पारस राष्ट्रिय स्वयम्सेवक नेपालको सद्भावना दूतमा नियुक्त भएको घोषणा गरे।

गत वर्ष गएको विनाशकारी भूकम्पलगत्तै नेपाल सरकार र हिमालयन क्लाइमेट इनिसिएटिभको संयुक्त पहलमा राष्ट्रिय स्वयम्सेवक नेपाल स्थापना गरिएको थियो। संस्थाले देशैभरबाट एक लाख स्वयम्सेवकको सञ्जाल निर्माण गरी २० हजार स्वयम्सेवकलाई तयारी अवस्थामा राख्ने योजना अनुरूप काम गर्दै आएको छ। स्थापनाको छोटो अवधिमै संस्थाले ६ सय ९६ भूकम्प प्रतिरोधी घर निर्माण गरी दुई हजार सात सय ८४ जना पीडितलाई पुनर्वास गराएको छ।

राष्ट्रिय स्वयम्सेवक नेपालको सद्भावना दूतमा नियुक्त भएपछि पारसले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘युवा वर्गलाई स्वयम्सेवामा लाग्नका लागि अभिप्रेरित गर्नेछु’, सन् २००९ मा सिनियर राष्ट्रिय टोलीको कप्तान नियुक्त भएका पारसले भने।

उनले धेरै समय क्रिकेटमा लाग्नुपर्ने भएकाले फुर्सदको समयमा स्वयम्सेवामा लाग्ने प्रतिबद्धता जनाए। कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले राष्ट्रिय स्वयम्सेवक नेपालले थालेको अभियानले युवावर्गलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.