कञ्चन बहुमुखीमा क्याम्पस प्रमुखले गरे एकपक्षीय चुनाव स्थगित
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा रहेको कञ्चन बहुमुखी क्याम्समा स्ववियु निर्वाचन स्थगित भएको छ । निर्वाचनका सम्पूर्ण प्रक्रियाहरु पूरा गरी मतदानको तयारीमा रहेका वेला निर्वाचन स्थगित गरिएको हो ।
चार विद्यार्थी संगठनमध्ये तीवटा विद्यार्थी संगठन, नेपाल विधार्थी संघ, अनेरास्ववियू(क्रान्तिकारी) र राप्रपा विद्यार्थी संघलाई जानकारी नदिएरै चुनाव स्थगन गरिएको सूचना प्रकाशन गरिएको छ ।
अनेरास्ववियु र क्याम्पस प्रमुखको मिलेमतोमा निर्वाचन स्थगित गरिएको आरोप तीन विद्यार्थी संगठनले लगाएका छन् । एमाले निकट भनिएका क्याम्पस प्रमुख जगदीश भट्टलगायत एमाले नेता कार्यकर्ताहरुले आफ्नो विद्यार्थी संगठन हार्ने देखेपछि षडयन्त्रपूर्ण ढङ्गले मतदान स्थगितको गरेको नेविसंघको आरोप छ ।
मंगबार अनेरास्ववियुका विद्यार्थीहले क्याम्पसमा ताला लगाएक थिए । उक्त ताला बुधबार बिहान तीनवटै विद्यार्थी संगठन मिलेर तोडेको नेविसंघले जनाएको छ । आज बेलुकीसम्म जसरी भएपनि मतदानको वातावरण मिलाउन क्याम्पस प्रमुखलाई आग्रह गर्ने र यदि नगरिएमा क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने तीनवटै विद्यार्थी संगठनले माग गरेका छन् ।